८ वैशाख २०८१ शनिबार

भानु जयन्तीकाे अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ।

अष्ट्रेलियामा २०८औं भानु जयन्ती कार्यक्रम सम्पन्न

ब्रिसबेनको मिचल्टन स्थित सामुदायिक सभा भवनमा स्थानीय भाषा, साहित्य र संस्कृतिप्रेमी महानुभावहरुको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र रामायणका श्लोकहरुको वाचनबाट गरेका थिए।

भानु जयन्ती समारोहमा उत्कृष्ट कवि पुरस्कृत

पोखरा सेकेन्डरी स्कुल पोखराको आयोजनामा २०७ औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा स्कुलले आयोजना गरेको ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ र ’भर्चुअल ट्यालेन्ट सो’का उत्कृष्ट विद्यार्थीको नतिजा सार्वजनिक भएको छ ।

भानु जयन्तीका अवसरमा एक दर्जन बढी स्रष्टा सम्मानित

विराटनगरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशमा रहेर साहित्य, कलालगायतको क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई सम्मान गरेको हो । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् ।

एनआरएनले मनायो भानु जयन्ती

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ। संघ मातहतको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतबार आफ्नो साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो।

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्णः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्