एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित
स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।
स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्।
नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन्।
सर्वोच्च अदालतको फैसलाअघि सत्तत्तारूढ नेकपा एमाले एकताबद्ध भएको सन्देश प्रवाह गर्दै विवाद निरूपणका लागि १० बुँदे प्रस्ताव तयार गरिएको छ। आइतबार राति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिका १० बुँदा प्रस्ताव गरिएको हो।
लुम्बिनी प्रदेश सरकारले संसदमा लगेको सञ्चार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक प्रेस स्वतन्त्रता बिरोधी र संविधानको मर्म विपरित रहेको सरोकारवालाहरुले बताएका छन्। स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याइएको विद्येयक मानव अधिकारकोविरूद्ध रहेकोले यसलाई फिर्ता गरेर पुनर्लेखन गर्नुपर्नेमा उनीहरुले जोडका छन्।
शनिबारको गरिएको मतदानका क्रममा गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ। त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत खसेको नखसेको गाउँपालिकाले जनाएको छ।
'यो प्रस्ताव प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति हस्ताक्षर गरेर गएका एमालेका नेताहरूलाई फिर्ता गरेर अदालतमा विचाराधीन मुद्दा कमजोर बनाउने उद्देश्यले आएको छ,' ओलीले विज्ञप्ति जारी गरे लगत्तै पन्तले भने, 'अदालतमा गएको मुद्दामा सही गर्ने नेताहरू कोही पनि केटाकेटी होइनन्, उहाँहरू सबैले स्वेच्छाले हस्ताक्षर गर्नु भएको हो। त्यसैले त्यो मुद्दा फिर्ता लिनु हुन्छ भन्ने मलाई लाग्दैन।'
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले मुलुकका शीर्ष दलहरुबीच बृहत्त र ठोस सहमति कायम गरी राष्ट्रको मिसन नै कोभिड–१९विरुद्ध रहेको सन्देश दिनुपर्ने बताएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको प्रस्तावमा पक्ष–विपक्षमा नरहेको बताएका छन्। सोमबार सदनमा बोल्दै आफ्ना माग कसैले पनि पूरा नगरेको भन्दै पक्ष–विपक्षमा नजाने प्रष्ट पारे।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि अचानक बैठक स्थगित भएपछि अलपत्र परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका कांग्रेस सचेतक फकरुद्धीन खानले बताए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान एकाएक राजीनामा दिएपछि प्रदेशको राजनीति तरंगित बन्न पुग्यो । राजीनामासंगै मुख्यमन्त्री पोखरल प्रदेश छोडेर उपल्लो (केन्द्रीय) राजनीतिमा सकृय हुन खोजेको केही लख काटिए । तर उनको राजीनामा पद छोड्ने मनस्थितीले आएको भने थिएन । यो राजीनामाले उनको ‘सत्ता लालसा’ को उच्चतम् नमुनालाई उदांगो पार्दै थियो । संसदमा अविश्वासको प्रस्ताव टेवल भैसकेको थियो ।
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश आएको अविश्वास प्रस्ताव संकटमा परेको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने सम्भावना देखेपछि सत्तापक्ष नेकपा एमालेले कोरोना संक्रमणको बहाना बनाएर गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदले मंगलबार संसद बैठक अवरुद्ध गरेका हुन् । २० मिनेटका लागि भनेर रोकिएको संसद दिनभर चलेन ।