२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योगेश भट्टराईको प्रस्तावः कोभिडविरुद्ध खटेका जनशक्तिबाहेक राज्यबाट सुबिधा लिने सबैको सुविधा रोकौँ

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले मुलुकका शीर्ष दलहरुबीच बृहत्त र ठोस सहमति कायम गरी राष्ट्रको मिसन नै कोभिड–१९ विरुद्ध रहेको सन्देश दिनुपर्ने बताएका छन्। 

बिहीबार एक विज्ञप्ती प्रकाशित गरी उनले २०७२ सालको महाभूकम्प पछि जसरी राजनीतिक बिमतिलाई थाँती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, अहिलेको अवस्थामा त्यस्तै घटनाक्रमको आवश्यकता रहेको औंल्याएका छन्। उनले कोभिडविरुद्धको लडाइँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगन गर्न समेत सरकारको ध्यानाकर्षण गरेका छन्।  

सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने उनको सुझाव छ। ४ बुँदे सुझाव राखेका उनले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम हुँदै गएकोले अघिल्लो वर्ष इटाली लगायतका युरोपेली मुलुकमा जसरी चीनले कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग गरेको थियो, अहिले नेपाललले पनि चीनसंग कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग माग गर्न ढिला गर्न नहुने बताएका छन्। 

भारत र अन्य देशका सरकारहरुलाइ पनि नेपालको कोरोनाविरुद्धको लडाइँमा साथ र सहयोग दिन नेपाल सरकारले अनुरोध गर्नुपर्ने समेत भट्टराईले बताएका छन्।

प्रकाशित: ३० वैशाख २०७८ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App