२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

लौकी–काँकडभिट्टा सडकमा परामर्शदाता चयनमा ढिलाइ

लौकी–काँकरभिट्टा सडक स्तरोन्नति आयोजनाको लागि ४० अर्ब रूपैयाँमा ठेक्का सम्झौता भएको चार महिना पूरा भइसकेको छ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारः पाँच वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।’

पूर्व–पश्चिम राजमार्ग मर्मत

कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाउन तिब्रता दिइने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाउन तिब्रता दिने जानकारी दिएका हुन्।

नारायणगढ-बुटवल सडक विस्तार: मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्।

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

किशोरीको मृत्युपछि रूपनी क्षेत्र तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिपरले ठक्कर दिँदा स्कुल जाँदै गरेकी १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्।

रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते

चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्