राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।
बिहीबार देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीको नेतृत्वको तारिफ गरेका हुन्।
शाहले प्रधानमन्त्री कार्कीको कुशल नेतृत्वका कारण असहज परिस्थितिका बीच पनि निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जित्यो आमा।’
प्रकाशित: २१ फाल्गुन २०८२ १७:३७ बिहीबार





