२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

स्थानीय प्रशासनले अनुमति दिए अब सवारी चलाउन पाइने

मतदानको समय सकिएसँगै अब सार्वजनिक सवारी सञ्चालन हुने भएका छन् । मतदान सकिएपछि सार्वजनिक सवारी सञ्चालन हुने भनिए मतपत्र संकलनको अवस्थालाई ख्यालमा राख्दै स्थानीय प्रशासनले अनुमति दिए सार्वजनिक सवारी सञ्चालन गर्न मिल्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनले भने, ‘अब सवारी खुल्ने त हो । तर दिनभरको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएकाले मतपत्र संकलनको समयमा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै केही समय होल्ड गर्ने कुरा भएको छ । तर स्थानीय प्रशासनले अनुमति दिए अब सवारी सञ्चालन गर्न मिल्छ ।’

उनले काठमाडौंसहित शहरी क्षेत्रको हकमा भने सवारी चाप बढे केही समस्या हुन सक्ने भएकाले अझै केही समय प्रशासनले सवारी चलाउन नभन्ने पनि उनले बताए ।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App