२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मोरङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा दिउँसो ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान सम्पन्न भएको छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार बिहीबार दिउँसो ४ बजेसम्म मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ५८.४२ प्रतिशत मत खसेको छ।

यस्तै, क्षेत्र नम्बर ४ मा ५७.४९ प्रतिशत, क्षेत्र नम्बर ६ मा ५६.४७ प्रतिशत, क्षेत्र नम्बर १ मा ५२.१६ प्रतिशत, क्षेत्र नम्बर ३ मा ४५.८८ प्रतिशत र क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत मतदान भएको छ।

मोरङमा कुल ८ सय ८८ मतदान केन्द्रमा हालसम्म ४ लाख ६ हजार ७१५ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। जसमा १ लाख ९७ हजार ६६६ पुरुष र २ लाख ९ हजार ४९ महिला मतदाता रहेका छन्।

बिहानको तुलनामा दिउँसो मतदाताको उपस्थिति निकै बाक्लो देखिएको छ। सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App