७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अत्याधुनिक भवन बने अब गुणस्तरीय शिक्षाको अपेक्षा

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २ सय ७४ वटा विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। हालसम्म २ सय १९ वटाको निर्माण सम्पन्न भइसकेको छ। तिनैमध्येको एक हो नमुना मछिन्द्र मावि।

निशाको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन्, प्रतिक्रिया जनाउन थालिन्

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

खोप पुर्‍याउन गएकी अस्मिता तीन दिनपछि मृत अवस्थामा फेला

डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन्। स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना विरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते उनलाई खटाईयो।

निर्माण पूरा नहुँदै भत्किने अवस्थामा पुग्यो पुल

१४ करोड ९३ लाखमा उक्त पुल निर्माण गर्ने ठेक्का पप्पुले लिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गर्दा कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो। समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको र भत्किने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

एकै परिवारका तीनजना अचेत अवस्थामा फेला, एकको मृत्यु

भेटिएका उनीहरुमध्ये एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका १० मिलन चोकस्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुइतलामा डेरामा बस्ने उनीहरुध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिष्य विमानस्थल: बाहिरी तयारी शून्य अवस्थामा

पोखरा–मुग्लिन ९० किलोमिटर सडक हो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा विस्तारको तयारी छ। राजमार्ग विस्तारका लागि हालै मात्र टेण्डर पनि भईसकेको छ। अबको केही वर्षमा यो राजमार्ग अहिले भन्दा केही फराकिलो हुनेछ। गण्डकी प्रदेश सरकारले भने पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिष्य विमानस्थल निर्माण सकिनै लागेकाले राजमार्ग विस्तारको काम पनि पोखरातिरबाटै सुरु भइदिए हुन्थ्यो भन्ने चाहना राखेको छ।

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

सेती पुलमा मृत अवस्थामा वृद्ध भेटिए

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्।

नवजात शिशु मृत अवस्थामा भेटिए

सल्यान छत्रेश्वरी गाउँपालिका–६, भुवनेश्वारी सामुदायिक वनको कल्लेखोलामा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । अन्दाजी तीन/चार दिनका नवजात शिशु मृत भेटिएका हुन् ।

खोलामा महिला मृत अवस्थामा फेला

कपिलवस्तुको वाणगंगामा नगरपालिका वडा नं. ३ चम्कीपुरको जगैया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ५८ वर्षीया बेली भुसाल शनिबार विहान मृत भेटिएकी हुन् ।

तनहुँमा पुरुष मृत अवस्थामा भेटिए

तनहुँमा एक पुरुष मृत भेटिएका छन् । बन्दिपुर गाउँपालिका–६ स्थित बुद्धसिंह मार्गमा पर्ने नाल्दीघाट नजिक धादिङको थाक्रे गाउँपालिका–२ घर भएका ५५ वर्षीय कान्छा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खाना खाएर सुतेकी महिला मृत भेटिइन्

बुधबार साँझ खाना खाएर सुतेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर–१, बांगेसिमलकी ५८ वर्षीया भुवनी आचार्य मृत भेटिएकी हुन् ।

काँग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

घाइते अवस्थामा फाइनल खेलेको जानकारी

घाइते हुनाका बावजुद आफूले विश्वकपको सेमिफाइनल र फाइनल खेलेको फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले खुलासा गरेका छन्।

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताउनुभएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्