९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ।

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई पाँच लाख रुपैयाँ ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ।

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेनको यस्तो छ विगत

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले उनलाई बाराबाट पक्राउ गरेको हो।

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन पक्राउ

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले उनलाई पर्साबाट पक्राउ गरेको हो।

स्रोत नखुलेको रकमसहित खानेपानी संस्थान रूपन्देहीका प्रमुख अख्तियारको नियन्त्रणमा

नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहलाई घुस उठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

हत्या आरोपमा युवा पक्राउ

हत्या आरोपमा खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका २७ वर्षीय राकेश राई पक्राउ परेका छन् । सामान्य विवादकाक्रममा चिर्पट प्रहार गर्दा स्थानीय ५६ वर्षीय जबरधन राईको मृत्यु भएपछि प्रहरीले राकेशलाई पक्राउ गरेको हो । साउन २० गते राती विवादकाक्रममा राकेशले रिसको आवेगमा दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाईते भएका जबरधनको अस्पताल लैजाने तयारीकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातिराति अवैध ढुंगा,गिटी झिक्ने आधादर्जन बढी ट्याक्टर नियन्त्रणमा

उदयपुरका विभिन्न खोला खहरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण गर्ने आधादर्जन बढी ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा र सप्तरीसँग सीमाना जोडिएको उदयपुरको उदयपुरगढी गाउँपालिकाका खोला खहरेबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

श्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ गोब्ली बगैचाबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

२७ वर्षदेखि फरार अभियुक्त पक्राउ

झण्डै ३ दशकअघि अदालतबाट दोषी करार भए पनि अहिलेसम्म फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । २०५० साल पुस १२ गते जिल्ला अदालत उदयपुरबाट दोषी ठहर भए पनि फरार सूचीमा रहेका त्रियुगा नगरपालिका १२ का अन्दाजी ४२ वर्षीय शिव भन्ने श्रीप्रसाद चौधरी मंगलबार पक्राउ परेका हुन् ।

गाई काट्ने चारजना बेनी बजारबाट पक्राउ

म्याग्दीको सदरमुकाम बेनीमा गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् । रातको समयमा गाउँमा गाई काटेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका–६ अर्थुङेका ४८ बर्षिया बिरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ बर्षिय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ बर्षिय राजु विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।

बालिका बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

बालिका बलात्कार आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।

ठगी आरोपममा अमेरिकी नागरिक डेनियल पक्राउ

अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। ६५ वर्षीय डेनियल ली लाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

मध्यराति घरमै पसेर पत्नीको हत्या, पतिलाई बनाए गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले स्थानीय ५५ वर्षीय बेलु खातीको हत्या भएको जानकारी दिए । उनका श्रीमानलाई भने गम्भीर घाइते भएका छन् ।

विप्लवका जिल्ला इन्चार्ज सहितका १० जना पक्राउ

रुपन्देही प्रहरीले विप्लव माओवादीका रुपन्देही इन्चार्ज सहित दश जनालाइ शुक्रबार पक्राउ गरेको छ । बुटवलको मोतीपुर रानीगञ्जबाट विप्लवका जिल्ला इन्चार्ज संगम भनीने टेकबहादुर पुन,जिल्ला सेक्रेटेरी नविन चौधरी सहितका १० जना नेता कार्यकर्ता पक्राउ परेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्