coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२७ वर्षदेखि फरार अभियुक्त पक्राउ

झण्डै ३ दशकअघि अदालतबाट दोषी करार भए पनि अहिलेसम्म फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । २०५० साल पुस १२ गते जिल्ला अदालत उदयपुरबाट दोषी ठहर भए पनि फरार सूचीमा रहेका त्रियुगा नगरपालिका १२ का अन्दाजी ४२ वर्षीय शिव भन्ने श्रीप्रसाद चौधरी मंगलबार पक्राउ परेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २७ वर्षअघि चोरी अभियोगमा अदालतबाट १ महिना कैद सजाय सुनाइए पनि भाग्दै आएका चौधरी सुराकीको आधारमा पक्राउ परेका हुन् । प्रहरी नजरमा फरार रहे पनि उनी घरमै रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले घरबाटै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।  

चौधरीलाई मंगलबार दिउसो सजाय भुक्तानका लागि जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित: २० श्रावण २०७७ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App