९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई पाँच लाख रुपैयाँ ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिए। उनका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन्।

काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई पाँच लाख रुपैयाँ दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ।

उनलाई आज काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७७ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App