८ वैशाख २०८१ शनिबार
समाज

हत्या आरोपमा युवा पक्राउ

हत्या आरोपमा खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका २७ वर्षीय राकेश राई पक्राउ परेका छन् । सामान्य विवादकाक्रममा चिर्पट प्रहार गर्दा स्थानीय ५६ वर्षीय जबरधन राईको मृत्यु भएपछि प्रहरीले राकेशलाई पक्राउ गरेको हो । साउन २० गते राती विवादकाक्रममा राकेशले रिसको आवेगमा दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाईते भएका जबरधनको अस्पताल लैजाने तयारीकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

घट्नापछि फरार रहेका राकेशलाई प्रहरीचौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोबिन्दप्रसाद शाहले बताए । फरार आरोपितलाई पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षक र ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो । 

प्रकाशित: २२ श्रावण २०७७ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App