९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारत लैजाँदै गर्दा किशोरीको उद्धार, तीन जना पक्राउ

मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।

१८ वर्षको हुँदा बलात्कार गरी फरार व्यक्ति ३० वर्षकाे भएपछि पक्राउ

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरूलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

पेट्रोलमा मिसावट गर्ने दुई ट्यांकर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

कन्टेनरमा भेटियो ठूलो मात्रामा लागुऔषध, तीन जना पक्राउ

प्रहरीले ठूलो मात्रामा लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

खेलाडी हत्यामा संलग्न पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँच अभियुक्तलाई ११ वर्षपछि पक्राउ परेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै २१ लाख ठगेको आरोपमा काठमाडौंमा ३ जना पक्राउ

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

भारतबाट लागुऔषध ल्याउने गिरोहका चार जना पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको बेला भारतबाट लागुऔषध नेपाल भित्र्याउने गिरोहमा संलग्न चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

उदयपुरका भैंसी चोरेर सिरहामा बेच्ने गिरोहका ३ जना पक्राउ

उदयपुरका भैंसी चोरेर सिराहामा बेच्ने गिरोहका ३ जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ जलजलेका प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको घर गोठबाट हराएका २ वटा भैंसी चोरीको आरोपमा ११ दिनपछि सप्तरीका १ र सिराहाका २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पाँच जना पक्राउ

चारदिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारको आरोपमा तीन युवा पक्राउ

लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका राम रानाभाटलाई तनहुँ कटाउन ट्राफिक प्रहरीको गाडी प्रयोग भएको खुलाशा भएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ परेका रानाभाटलाई गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेको निर्देशनमा ट्रापिकको गाडी दुरुप

बालिका यौन दुर्व्यवहारको आरोपमा होटल सञ्चालक पक्राउ

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुटवलमा एक होटल व्यवसायी पक्राउ परेका छन्।

अवैध बन्दुकसहित दुई पक्राउ

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्