८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

खेलाडी हत्यामा संलग्न पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँच अभियुक्तलाई ११ वर्षपछि पक्राउ परेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट ९ साबिक वडा नं ३ चिउरीबोट भन्ने स्थानमा २०६६ साल फागुन ११ गते महाशिवरात्रिको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोटले आयोजना गरेको भलिबल खेलमा हारेपछि एक युवाको हत्या गरी फरार भएकालाई पोखराबाट एकसाथ पक्राउ गरिएको हो । छिमेकी जिल्ला बागलुङको तमानखोला गाउँपालिकाको साबिक तमान– ८ का २१ वर्षीय नारायण छन्त्यालको हत्या गरी फरार भएका ओखरबोटका बलमान घर्ती, जीवन घर्तीमगर, दुर्गाबहादुर घर्ती, दलप्रसाद पुन र तीर्थेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए ।  

तत्कालीन समयमा छिमेकी तमानखोलाबाट आएको टोलीमा संलग्न छन्त्यालको टोलीले खेल जितेको भन्दै स्थानीय युवाहरूले आक्रमण गरेका थिए । भलिबल टोलीलाई आक्रमण गरेका युवा २८ देखि ३३ बर्ष उमेर समूहका छन् । तमानखोलाका स्थानीय आफ्नै सदरमुकाम बागलुङ जान मालिका–४ ओखरबोटबाट दरबाङ, बेनी हँुदै आवतजावत गर्छन् । हालसम्म प्रहरीले १९ जना फरार पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वय गर्दै आइरहेको छ । जन्मकैदको सजाय तोकिएका पाँचै जनालाई जिल्ला अदालतमा पेस गरी तोकिएको कैद सजाय भुक्तानीका लागि म्याग्दी कारागार पठाइएको छ । 

प्रकाशित: १८ भाद्र २०७७ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App