८ आश्विन २०८१ मंगलबार
image/svg+xml

शेरधन राईलाई गाली गरेको आरोपमा बालिका खड्का पक्राउ

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईपनि सहभागी भएको ठाउँमा गएर उनले गाली गलौज गरेकी थिईन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालयमा गएको बेला उनले मुख छाडेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जागिरको प्रलोभन दिएर करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

तीन जना नक्कली नोट कारोबारी पक्राउ

नेपाली कांग्रेसका धरान उपमहानगर कमिटीका उपभासपतिसहित तीनजना नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।

१९ केजी गाँजासहित एक पक्राउ

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

सातजना नक्कली डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने सातजना नक्कली डाक्टरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ।

रुकुमबाट नक्कली डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा रुकुम पश्चिमबाट एकजना डाक्टर पक्राउ परेका छन्। चौरजहारी मिसन अस्पतालमा कार्यरत ३१ वर्षीय डा. दीपेन्द्र गौतम पक्राउ परेका हुन्।

खैरो हिरोईनसहित एक पक्राउ

आइतबार बेलुका लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले झापा जिल्ला, दमक नगरपालिका ६ नमुना मार्गस्थितमा बस्ने भारतीय २६ बर्षीय सिद्धिक आलमलाई पक्राउ गरेको हो।

एक महिनाअघि बलात्कार गरी हत्या गर्ने पक्राउ

झण्डै एक महिनाअघि एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोपी भर्खरै पक्राउ परेका छन्। गत चैत ११ गते साँझ ६ः३० बजे मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीय राजु अछामे पक्राउ परेका हुन्।

भारतीय रुपैयाँसहित १ जना पक्राउ

शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ३ हजारसहित सुनसरी धरान– ८ का ५५ वर्षीय नौसाद मियाँलाई पक्राउ गरेको डिएसपी राईले बताए। पक्राउ परेका मियाँलाई नियन्त्रण लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

मेडिकलबाटै लागुऔषध बिक्री, सञ्चालक पक्राउ

मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको छ।

तन्त्रमन्त्रको नाममा महिलाको हत्या, शरीरको अंग बेच्ने संगठित गिरोह पक्राउ

‘मानिसको प्रति औलाहरु ७०/८० लाखमा बिक्री हुन्छ भन्ने हल्लाको भरमा ती महिलाको हत्या गरिएको हो’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सोही बमोजिम योजनाबद्धरुपमा हत्या गरी औलाहरु काटेर शवलाई नदीमा मिल्काइएको थियो।’

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान) बाट तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन्। सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन्।

महिलालाई बलात्कार प्रयास गर्ने पुरुष पक्राउ

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्