१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय रुपैयाँसहित १ जना पक्राउ

मोरङको विराटनगर–१७ बाट प्रहरीले एक जनालाई प्रतिबन्धित भारतीय रुपैयाँसहित शनिबार साँझ पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको मटेरुवाबाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका २ सय ६ थान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ३ हजारसहित सुनसरी धरान– ८ का ५५ वर्षीय नौसाद मियाँलाई पक्राउ गरेको डिएसपी राईले बताए। पक्राउ परेका मियाँलाई नियन्त्रण लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ वैशाख २०७८ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App