७ वैशाख २०८१ शुक्रबार
समाज

खैरो हिरोईनसहित एक पक्राउ

प्रतिबन्धित लागु औषध खैरो हिरोईनसहित एक जना प्रक्राउ परेका छन्। आइतबार बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले झापा जिल्ला, दमक नगरपालिका ६ नमुना मार्गस्थितमा बस्ने भारतीय २६ बर्षीय सिद्धिक आलमलाई पक्राउ गरेको हो।  

उनलाई शंकित अवस्थामा फेला पारी चेकजाँच गर्दा उनले लगाएको पाइन्टको गोजीभित्र नेपाली रुपैया पन्ध्र सय र कालो र हरियो प्लास्टिकमा पोका पारी राखेको प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २९ ग्राम फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

आलमलाई तत्कालै नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यलय दमकमा राखिएको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App