८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई किलो गाँजासहित चौधरी पक्राउ

उदयपुर प्रहरीले एक स्थानीयलाई अवैध गाँजासहित घरैबाट पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका १ अजगडाका ५५ वर्षीय तिलक चौधरी शुक्रबार घरमै लुकाएर राखेको गाँजासहित पक्राउ परेका हुन्।

सत्ताइस वर्षपछि फरार अभियुक्त पक्राउ

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

४३ लाख नगद र छड्के तिलहरीसहित एक पक्राउ

यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ।

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन्।

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।

बालिका र युवतीलाई बन्धक बनाई यौनधन्दामा लगाउने पक्राउ

गरिबीको रेखामुनि रहेका बालिका तथा युवतीहरूलाई खाने, बस्ने सुविधा दिई मादक पदार्थसमेतको लतमा फसाई विद्युतीय उपकरणमार्फत उनीहरूको फोटो होटल तथा लज सञ्चालक तथा प्रबन्धकलाई देखाई त्यहाँ आउने ग्राहकको रोजाइअनुसार यौन क्रियाकलापमा सहभागी गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यस्तो तथ्य बाहिर आएको हो।

दुईवटा बिस्फोटका घटनामा पक्राउ परी छुटेपछि तेस्रो बिस्फोट

बम बिस्फोट आरोपमा यादव पहिलोपटक पक्राउ परेका भने होइनन्। ०७४ साल चैत ९ गते लहान ७ स्थित विकास ज्वेलर्समा भएको बम बिस्फोट र ०७५ साउन ३१ गत्ते विराटनगर उपमहानगरपालिकामा भएको बम विस्फोट अभियोगमा समेत पक्राउ परिसकेका हुन्।

आठ महिलाको उद्धार, दुई महिला पक्राउ

महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन्।

इटहरीमा सुँगुर मार्ने झिरले हत्या गरेको आरोपमा एक जना पक्राउ

स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ।

सात केजी गाँजासहित एक युवक पक्राउ

सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन्। पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो। सप्तरीको साविक मौवाहा गाविस–६ ९हाल बलानबिहुल गाउँपालिका–३० बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए।

बिरामीका आफन्त महिलासँग दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवाललाई पक्राउ गरेको छ ।

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्