२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुई किलो गाँजासहित चौधरी पक्राउ

गाँजासहित घरबाटै पक्राउ चौधरी । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले एक स्थानीयलाई अवैध गाँजासहित घरैबाट पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका १ अजगडाका ५५ वर्षीय तिलक चौधरी शुक्रबार घरमै लुकाएर राखेको गाँजासहित पक्राउ परेका हुन्।  

इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षकको कमाण्डमा खटेको टोलीले दिउँसो ४ बजे चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी टोलीले चौधरीको घर खानतलासी लिँदा लुकाएर राखेको अवस्थामा १ किलो ९ सय १५ ग्राम गाँजा फेला पारी बरामद गरेको छ।  

चौधरीले गाँजाको अवैध व्यापार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोली खटााएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई इप्रका बेलटारको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरीले जनाएको छ। विगत ६ महिनायता ‘लागुऔषध नियन्त्रण अभियान’ अन्तर्गत विशेष निगरानी राख्दै अपराधी खोजीखोजी पक्राउ गर्दै कारबाही प्रक्रियालाई तीव्रता दिइएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्।

प्रकाशित: २८ चैत्र २०७७ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App