८ आश्विन २०८१ मंगलबार
image/svg+xml

फरार अभियुक्त पक्राउ

कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए।

हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

ब्राउनसुगरसहित एक पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

तेलको ग्यालेनभित्र लागुऔषध

जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन्।

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

पत्रकार रूपा सुनारलाई थरका कारण आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छिन्।

लागूऔषधसहित ५ जना पक्राउ

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ।

लागुऔषध र ७ लाख रुपैयाँसहित ६ जना पक्राउ

विराटनगर महानगरपालिका–५ बरगाछी चोकबाट ५ जनालाई शुक्रबार र वडा नम्बर १ तीनपैनीबाट १ जनालाई शनिबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

अवैध गोलीया काठसहित ट्याक्टर पक्राउ

जिल्लाको बेलका नगरपालिका १ खरीखोलास्थित सव डिभिजन वन कार्यालयबाट डिभिजन वन कार्यालय गाईघाटतर्फ आउँदै गरेको गोलीया काठ बोकेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अमेरिकन हतियारसहित पूर्व लडाकू पक्राउ

पूर्व लडाकु तथा हाल जनता समाजबादी पार्टी उदयपुरका जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरी अमेरिकन स्वचालित पेस्तोल र त्यसमा जाने ५ राउण्ड गोलसहित पक्राउ परेका हुन्।

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित सडकखण्डबाट १४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१६ वर्षीया एक किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्।

श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्