२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध गोलीया काठसहित ट्याक्टर पक्राउ

पक्राउ २३ थान गोलीया काठ बोकेको ट्याक्टर जिल्ला प्रहरी परिसरमा। तस्विरः महेश्वर/नागरिक

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्लाको बेलका नगरपालिका १ खरीखोलास्थित सव डिभिजन वन कार्यालयबाट डिभिजन वन कार्यालय गाईघाटतर्फ आउँदै गरेको गोलीया काठ बोकेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

बुधबार राति साढे ८ बजे २३ थान सालका गोलीया काठ बोकेको प्रदेश नं. १०२–००३ त १३८६ को ट्याक्टर इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले भेटेर सोधपुछ गर्दा आधिकारिक कागजात नभेटेपछि नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको काठबारे प्रहरीले अनुसन्धान गरिरहेको इप्रका रामपुरलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।  

थप अनुसन्धानका लागि काठ र ट्याक्टर बिहीबार डिभिजन वन कार्यालय उदयपुरको जिम्मा लगाइएको छ । एकवर्षयता वन पैदाबार, नदीजन्य पदार्थको दुरुपयोग हुन नदिन अभियान थालेको  प्रहरीले अनाधिकृत भेटेमा नियन्त्रण गरेर कारबाही गर्दै आएको छ। 

सो क्रममा बेलाबेलामा काठ, ढुंगा, गिटी, बालुवा र जडिबुटीजन्य वस्तुहरु नियन्त्रण गर्ने गरेको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्। काठ कति परिमाणको हो भन्ने नखुलिसकेको बताइएको छ। डिभिजन वन कार्यालयले काठको नापजाँच गरेपछि मात्र परिमाण खुल्ने प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ असार २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App