१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।  

गत असोज २१ गते राती प्रहरी जवानलाई चिरपट दाउराले हानेर शख्त घाईते बनाएपछि फरार रहेका प्रतिवादी राईलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए। प्रतिवादी राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।  

ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका राईलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले कुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरी जवानमाथि भेषबहादुर सहित चार जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ असार २०७८ ०८:२९ शुक्रबार

युवा पक्राउ जिल्ला प्रहरी कार्यालय खोटाङ