coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषधसहित ५ जना पक्राउ

मोरङको सुनबर्षी नगरपालिका–७ विश्वकर्मा चोकबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।  सोमबार राति अलग अलग समयमा विश्वकर्मा चोकबाट ५ जनालाई लागूऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ। सुनसरी इटहरी नगरपालिका–७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका–७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समिर चौधरीलाई पक्राउ गरेको डिएसपी राईले बताए।

पक्राउ परेकाहरुको साथबाट लागूऔषध ब्राउन सुगर १४ ग्राम फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, सोही ठाउँबाट राति ९ बजेतिर मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का २५ वर्षीय प्रकाश लिम्बू र २० वर्षीय विमल तामाङलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

दक्षिणबाट को ४ प ९१८० नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुको साथबाट डाइजेल्याप १० पिस, फेनारगन १० पिस, आइपिल १० पिस र ट्रमोल २ सय ट्याब्लेटसहित पक्राउ गरिएको डिएसपी राईले बताए।

प्रकाशित: ८ असार २०७८ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App