८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ

हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।

५० वर्षदेखि फरार प्रतिबादी पक्राउ

फैसला कार्यान्वयनको शिलशिलामा ५० वर्षदेखि फरार रहेका प्रतिबादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ

नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याको आरोपमा पक्राउ परेका हजरामाथि अनुसन्धान हुँदै

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याका आरोपी दश वर्षपछि पक्राउ

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

८५ तोला चाँदीसहित एकजना पक्राउ

भारतबाट कर छली गरेर ल्याउँदै गरेको ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

कपिलवस्तु जिल्लामा विगत विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई मंगलबार २४ घण्टाभित्रमा प्रहरीले पक्रन सफल भएको हो।

विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ

चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।

करिब दश लाख नक्कली नोटसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन बरइ ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भंगाहा नगरपालिका ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको रौतहट प्रहरीले जनाएको छ।

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।

गीत गजल रेष्टुरेन्टबाट १२ जुवाडे पक्राउ

विराटनगरको एक गीत गजल रेष्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ

घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको सूचनाका आधारमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क झुलेका ५४ वर्षीय निम साङ्गे तामाङलाई बुधबार पक्राउ गरेको हो।

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्