८ वैशाख २०८१ शनिबार
समाज

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित सुनसरी बराहक्षेत्रका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १ का ६३ वर्षे बरमबहादुर राईंलाईं पक्राउ गरेको हो।  

तीन दिनअघि (साउन २६ गते) राईले जङली जनावर बाँदरलाई ताकी भरुवा बन्दुकबाट गोली प्रहार गर्दा गोलीको छर्राले सोही स्थानमा खेल्दै गरेका उनकै नाति १३ वर्षे अभिषेकलाई ढाडमा लागेर घाइते भएका थिए।  

उपचारको लागि अस्पताल लगेको भन्ने सूचना प्रहरीले पाएपछि खोजतलास गर्ने क्रममा दुई दिनअघि राईंलाई मोरङबाट पक्राउ गरिएको जनाएको छ।  

उनको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेकोले सो समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। पक्राउ परेका राईलाई ज्यान मार्ने उधोग र हातहतियार मुद्दामा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: २९ श्रावण २०७८ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App