१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

कपिलवस्तु प्रहरीले मङगलबार जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा विगत विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई मंगलबार २४ घण्टाभित्रमा प्रहरीले पक्रन सफल भएको हो। 

कपिलवस्तु जिल्ला प्रहरी प्रमुखको रुपमा आएदेखि फरार अपराधीहरुको सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएर एकै दिनमा सफलता हासिल हुन सकेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले जानकारी दिए।

कपिलवस्तुका प्रहरीलाई विभिन्न कार्यक्रम मार्फत सकृय बनाएसंगै  कपिलवस्तु प्रहरीले फरार पक्राउमा सफल भएको एसपी कार्कीको भनाई छ। ‘अपराध गरेर समाजलाई दुषित पार्ने र बिभिन्न आवरणमा समाजमै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन जरुरी छ’, एसपी कार्कीले भने।  

एकैदिनमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय क्रमशः कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन्। यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको छ। कसुर गरेर दण्ड भुक्तान नगरी समाजमा लुकेर बस्ने सुबिधा कसैलाई हुँदैन।

‘कानुन सबैलाई लाग्छ र कानुन छलेर बसौँला भनेर सोच्ने दिन गए’, एसपी कार्कीले भने। विशेष गरि सवारी ज्यान, लागुऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदवार, लुटपिट, कुटपिट आदि गरि १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसला पश्चात् फरार रहेका ८१ जना अपराधीहरुलाई विशेष सूचनाको बिकास गरी सोही आधारमा एकैदिनमा पक्रन सफल भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७८ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App