१६ असार २०८१ आइतबार
image/svg+xml
विचार

सन्दर्भ जननेता भण्डारीको ७३औं जन्मजयन्ती : नेपालको 'सफ्ट पावर'

जोशेफ नाईले सन् १९९० मा 'बाउन्ड टू लिडः द चेन्जिंग नेचर अफ अमेरिकन पावर' भन्ने पुस्तकमा एउटा अवधारणा अगाडी सारे । उनले लेखेका छन्, 'जब एक देशले अरू देशहरूलाई आफूले चाहेको कुरा गरोस् भन्ने ठान्छ वा गर्न लगाउछ भने अरूलाई आफूले चाहेको जस्तो कुरा पुरा गर्न बल प्रयोग वा निर्देशनात्मक शक्ति बिपरित स्वेच्छिक प्रभाव पर्ने गरी कार्य गर्ने कुरा सफ्ट पावर हो ।'

जब जेठ ३ र असार १४ आउन लाग्छ, तब झन् यसको धेरै चर्चा हुने गर्छ । बाँकी समयमा उनलाई बिर्सिएको हो कि वा वर्षमा दुई पटक सम्झेर उनीमाथि गरिनुपर्ने न्याय पूरा हुने हो कि भने जसरी नेपालमा गतिविधीहरु भएको देखिन्छ ।

उनले सो कुरालाई आफुले सन् २००४ मा लेखेको पुस्तक 'सफ्ट पावरः द मिन्स टु सक्सेस इन वर्ल्ड पोलिटिक्स' मा अझ बिस्तृत रुपमा उल्लेख गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा बैचारिक क्षेत्रका उज्ज्वल नक्षत्रको रुपमा स्थापित जननेता भण्डारीलाई उनको बैचारिक योगदानको आधारमा नेपालको सफ्ट पावरको रुपमा लिइनुपर्ने आधारहरुबारे यो आलेखमा चर्चा गरिएको छ ।

‘सफ्ट पावर’: संक्षिप्त अवधारणा    

सफ्ट पावर बल प्रयोग, शैन्य प्रभाव, जबरजस्तीवा हिंसाको प्रयोग बिना नै आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य–मान्यता, प्रभावशाली संस्थाहरू, अनुकरणीय नीतिहरू आदि कुराको माध्यमबाट अन्य व्यक्ति, समुह, समाज र देशहरुलाई प्रभावमा पारेर आफ्नो निकाय, संस्थावा राष्ट्रलाई स्थापित गरिन्छ भने त्यो ‘सफ्ट पावर’ हो । सफ्ट पावरमा शैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र बिष्फोट, मानिसहरु माथि दमन र हिंशा, र राष्ट्रहरु माथि दबाब र आक्रमण आदि हुँदैन । 

जननेता भण्डारीले नेपाललाई उदारवादी विश्व व्यवस्थामा पनि नेपाललाई मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने नव–मार्क्सवादीहरुको देश भनेर चिनाए । नेपालप्रति सारा विश्वजगतको ध्यान खिच्न सफल भए ।

जब राज्य आफ्नो मूल्य मान्यता र अभ्यासहरू प्रयोग गरेर अरूलाई इमान्दारीपूर्वक आकर्षित गर्न र विश्वस्त गर्न सक्षम हुन्छ, तब देशलाई प्रभावकारी ‘सफ्ट पावर’ भएको भनेर मानिन्छ । नेपालको ‘सफ्ट पावर’ को आयामहरू बारे त्यति धेरै चर्चा हुने गरेको देखिदैन । नेपाल सरकारले पनि ‘सफ्ट पावर’ को बिकासमा कार्य गरेको देखिदैन । शैन्य र आर्थिक शक्तिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न कठिन हुने अवस्थामा एउटा सुन्दर बाटो भनेको ‘सफ्ट पावर’ को विकास नै हो ।

जननेता भण्डारी र ‘सफ्ट पावर’

जननेता भण्डारीले नेपाली र विश्व कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा धेरै नै भएको देखिन्छ, जब जेठ ३ र असार १४ आउन लाग्छ, तब झन् यसको धेरै चर्चा हुने गर्छ । बाँकी समयमा उनलाई बिर्सिएको हो कि वा वर्षमा दुई पटक सम्झेर उनीमाथि गरिनुपर्ने न्याय पूरा हुने हो कि भने जसरी नेपालमा गतिविधीहरु भएको देखिन्छ । त्यसैले त्यस्ता चर्चा भैसकेका बिषयहरु तिर आजको बहस मूल रुपमा केन्द्रित छैन । अब मदन भण्डारीलाई त्यो भन्दापनि अझ धेरै माथि उठेर सही रुपमा चिन्ने, व्याख्या र विश्लेषण गर्ने कोशिस गरिनुपर्दछ । त्यसैले यो लेखमा जननेता भण्डारी अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्वपूर्ण आयाम ‘सफ्ट पावर’को केन्द्र कसरी हुनुभयो भन्ने बिषयमा चर्चा गरिएको छ ।

स्वर्गीय भण्डारीलाई ‘सफ्ट पावर’ को ब्राण्डको रुपमा विश्वमा स्थापित गर्ने मात्रै होइन कि अमेरिकन जोसेफ नाईको ‘सफ्ट पावर’ स्वयम् पनि जबजको एउटा भाग थियो भनेर शोंध–अनुसन्धानद्वारा पुष्टि गर्न ढिला हुन लाग्यो र यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक देखिन्छ

नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनमा उनले पेश गरेको १४ बिशेषता सहितको जनबादी कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ भारी मतका साथ पारित भयो । शास्त्रीय मार्क्सबादलाई ‘कपी’ र ‘पेष्ट’ गरेर समाजवादको बिरुवा एक ठाउँबाट उखेलेर अर्को ठाउँमा रोप्ने जडसुत्रबादी दृष्टिकोणलाई चुनौती दिएर उनले त्यस्तो बिरुवा उखेलेर रोप्ने होइन कि हावापानी र माटो सुहाउँदो तरिकाले आफैले नयाँ बिरुवा उमार्ने बिचार दिनुभयो । हेर्दा सामान्य जस्तो देखिने यो बिचारको शक्ति कति रहेछ भन्ने कुरा सन् १९९० पछि पहिलो पटक देशले जनताको मतको शक्तिले कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीलाई पायो । सामाजिक सुरक्षा, समानुपातिक विकास बजेटको बितरण र स्थानीय निकायको सवलीकरण एवम् अधिकार सम्पन्न बनाउने जग निर्माण गर्ने कोणबाट उक्त सरकार सन् १९५० पछिको स्वर्णिम अवधिको रुपमा लिइने गरिन्छ ।

जेष्ठ नगारिकहरुको सुरक्षाको लागि प्रदान गरिएको मासिक रु एक सयको बजेटको सन्देश नेपालमा मात्रै होइन, दक्षिण एसिया र विश्वभर नै चर्चाको बिषय बन्नपुग्यो भने कैयौं देशहरुले त्यसको सिको गरेर आफ्ना नागरिकहरुलाई पनि सुरक्षा भत्ता प्रदान गर्न सुरु गरेका थिए । भारतले उस्तै खालको सामाजिक सुरक्षा कार्यक्रम सन् २००७ मा लागु गरेको तथ्यांक छ । उक्त वर्ष उसले ग्रामिण विकास मन्त्रालयको मातहतमा ‘राष्ट्रिय सामाजिक सहयोग कार्यक्रम’ अन्तर्गत रहने गरी ‘इन्दिरा गान्धी नेसनल ओल्ड एज पेन्सन स्किम’ बाट उमेर ६० देखि ७९ सम्मकानागरिकहरुको लागि केन्द्रिय सहयोग स्वरूपमासिक रु २०० र उमेर ८० भन्दा माथिका नागरिकहरुका लागि मासिक रु ५०० प्रदान गर्ने नीति अगाडी सार्यो ।

भाषण सकेपछि पनि जनताको अनुरोधमा भाषणलाई पुनः निरन्तरता दिने सम्भवतः दुर्लभ राजानीतिक व्यक्तित्वमध्येका एक हुन् मदन भण्डारी । उच्च राजनीतिक संस्कृति उनमा विद्यामान थियो ।

जननेता भण्डारीको जनताको बहुदलीय जनवादको जगमा बनेको कम्युनिष्ट सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछिको १३ वर्षपछि भारतले उस्तै प्रकृतिको कार्यक्रम अगाडी सार्यो । नेपालबाट सिकेको भारतको सिको गरेर कैयौं विकासशील देशहरुमा त्यस्तो कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि जनताको बहुदलीय जनवादको शक्तिले विश्वलाई कति धेरै प्रभाव पारेको छ । यसअघि उल्लेख गरिएको ‘सफ्ट पावर’ को परिभाषालाई आधार मान्दा सामाजिक सुरक्षा कार्यक्रमले पाएको सफलताको आधारमा भण्डारीको बिचार र व्यक्तित्व नेपालको ‘सफ्ट पावर’ हो भन्ने प्रमाणित भएको छ । ‘सोसल सेक्यूरिटी’ नामक वेबसाइटका अनुसार हाल १७० बढी देशहरुमा बिभिन्न स्वरुपमा यस्तो कार्यक्रम संचालनमा आएको देखिन्छ ।

कार्लमार्क्स र फेडरिक एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशन गरिएसँगै विश्व हुँदा खाने र हुने खाने वर्गमा विभाजित भएको भन्ने धारणा अघि सर्यो । ती दुई वर्गको वर्ग संघर्षको आधारमा राज्यसत्ता कायम रहने र संघर्षमा जित हासिल गर्ने वर्गले हार्ने बर्गमाथि शासन गर्ने भन्ने तर्क लोकप्रिय हुँदै गयो । साथै अतिरिक्तमूल्यको सिद्दान्तको आधारमा पुँजीपति वर्ग दिन–प्रतिदिन धनी हुँदै जाने र मजदुर बर्ग हरेक घण्टा गरिव हुँदै जाने भाष्य उदायो ।  

नेपाल विश्व मञ्चहरुमा प्रभावशाली रुपमा उपस्थित हुनुपर्ने र नेपालको प्रतिष्ठा संसारमा उच्च बनाउन सकिने उनको विश्वासले प्रभावशाली संस्थाहरुको भूमिका र आवद्धतालाई इंगित गर्दछ ।

लेनिनले आफ्नो पुस्तक ‘इम्पेरियालिजमः द हाइष्ट स्टेज अफ क्यापिटालिजम’ पुस्तकमा विश्व पुंजिबादमा केन्द्र र परिधिसहितको दुई पांग्रे संरचना विद्यमान रहेको भनेर मानवजातिको वर्ग संघर्षमा आधारित मार्क्सबादलाई अझ उन्नत बनाउँदै देशहरु बर्गमा विभाजित भएको र दुई बर्गमा विभाजित देशहरु बीच अन्तरसंघर्ष हुने कुराको अवधारणा अघि सारेको देखिन्छ । यसैलाई सन् १९७४ मा इम्मानुएल वालरस्टाइनले अर्ध परिधी नामको अर्को संरचना थप गरी विश्व पुँजिवादका तीन संरचना सहित नव–मार्क्सवादको अवधारणा अगाडी आएको देखिन्छ । तर नव मार्क्सवादीहरुले पनि कम्युनिष्टहरु जनमतबाट सत्तामा जान सक्ने भन्ने तर्क प्रष्ट गरी अगाडी सारेको देखिदैन ।

शितयुद्दमा पूर्व शोभियत संघको धुरी पराजित भएपछी विश्व कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुन पुग्यो । संसारबाट कम्युनिष्ट सखाप भयो भन्ने पश्चिमाहरुले अनेक भाष्य बनाएर पुस्तकहरु लेखाउन थाले । अमेरिकी बजेटमा सन् १९९२ मा लेख्न लगाइएको त्यस्तै एउटा पुस्तक हो, 'द इन्ड अफ हिस्ट्री एंड द लास्ट म्यान' । यो पुस्तकले यस्तो तर्क गर्यो कि अव धर्तीमा उदारवादी मूल्यमान्यता बाहेक अर्को स्वरूप हुँदैन र यो नै विश्व राजनीतिको अन्तिम सत्य हो । तर त्यसको ८ वर्ष नबित्दै चीन अर्को शक्तिको रुपमा उदायो भने हाल रुस पुनरोदयको बाटोमा छ र विभिन्न विश्व शक्ति केन्द्रहरुले उदारवादी मूल्य–मान्यतालाई चुनौती दिँदै आएका छन् । यहि सन्दर्भमा नेपालमा जननेता मदन भण्डारीले १४ बिशेषता सहितको जनताको बहुदलीय जनवादले फ्रान्सिस फुकुयामाको ‘उदारवादी मान्यता नै विश्वको अन्तिम सत्य’भन्ने दावीलाई कठोर चुनौती दिएर मनमोहन अधिकारी नेतृत्वको सरकार जनमतको जगमा नै बनाइ दिएर संसारलाई देखाइदिएका थिए । महाशक्ति राष्ट्रको एक महान विद्वानको जबर्जस्त भाष्यलाई चुनौती दिएर नेपालमा गलत सावित गरिदिने जनताको बहुदलीय जनवाद र त्यसका प्रणेता जननेता मदनकुमार भण्डारी एक्काइशौं शताब्दीको ‘सफ्ट पावर’ भएको कुरा स्वतः पुष्टि हुन्छ ।

सामाजिक सुरक्षा, समानुपातिक विकास बजेटको बितरण र स्थानीय निकायको सवलीकरण एवम् अधिकार सम्पन्न बनाउने जग निर्माण गर्ने कोणबाट उक्त सरकार सन् १९५० पछिको स्वर्णिम अवधिको रुपमा लिइने गरिन्छ ।

भारतको कलकत्तामा जननेता भण्डारीले गरेको चर्चित भाषणले विश्वको ध्यानाकृष्ट गर्यो । संसारभरबाट आएका कम्युनिष्ट प्रतिनिधिहरुको आँखामा उनी परे । त्यस्तै सन् १९९१ मा अमेरिकाको चर्चित पत्रिका न्यूज विकमा छापिएको मदनको अन्तर्वार्ताले विश्वभर नेपालमा कार्लमार्क्स जिवीत छन् भन्ने सन्देश प्रवाह भयो । यस आलेखको सुरुवातमै ‘सफ्ट पावर’ को जुन परिभाषा दिइएको छ, त्यसको आधारमा भन्नु पर्दा जननेता भण्डारीले नेपाललाई उदारवादी विश्व व्यवस्थामा पनि नेपाललाई मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने नव–मार्क्सवादीहरुको देश भनेर चिनाए । नेपालप्रति सारा विश्वजगतको ध्यान खिच्न सफल भए । जनताको बहुदलीय जनवाद अध्ययन गर्न विश्वभरका कम्युनिष्ट र गैह्रकम्युनिष्ट शक्ति सवैलाई वाध्य बनाए । कम्तिमा जबज भनेको के हो भनेर बुझ्ने भोक सृजना गरिदिए । एकातिर सूर्य अस्ताउँदा अर्कातिर उदाएको संदे मदनले विश्व–समुदायलाई दिन सफल भए ।  

सफ्ट पावर भनेको आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य मान्यता, प्रभावशाली संस्थाहरू, अनुकरणीय नीतिहरू आदिलाई मानिएको छ । मदन भण्डारीको बहु–आयामिक आकर्षक व्यक्तित्व थियो । भाषण सकेपछि पनि जनताको अनुरोधमा भाषणलाई पुनः निरन्तरता दिने सम्भवतः दुर्लभ राजानीतिक व्यक्तित्वमध्येका एक हुन् मदन भण्डारी । उच्च राजनीतिक संस्कृति उनमा विद्यामान थियो । आफू ठुलो दल भएर पनि उच्च राजनीतिक संस्कृति प्रदर्शन गरी नेकपा मार्क्सवादीसँग एकता गरेर मनमोहन अधिकारीलाई अध्यक्ष बनाउने मात्र होइन, कांग्रेसलाई नेतृत्व सहित जन–आन्दोलनमा समेटेर सहकार्यद्वारा पंचायत शासन अन्त्य गर्ने कुराले उनको अब्बल राजनीतिक संस्कृतिलाई पुष्टि गर्दछ । 

शितयुद्दमा पूर्व शोभियत संघको धुरी पराजित भएपछी विश्व कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुन पुग्यो । संसारबाट कम्युनिष्ट सखाप भयो भन्ने पश्चिमाहरुले अनेक भाष्य बनाएर पुस्तकहरु लेखाउन थाले । अमेरिकी बजेटमा सन् १९९२ मा लेख्न लगाइएको त्यस्तै एउटा पुस्तक हो, 'द इन्ड अफ हिस्ट्री एंड द लास्ट म्यान' ।

१४ बिशेषतासहितको जबजले परिवर्तित विश्व–व्यवस्थामा कम्युनिष्ट ध्रुवभित्र नवीन राजनीतिक मूल्यमान्यतालाई पुष्टि गर्दछ । नेपाल विश्व मञ्चहरुमा प्रभावशाली रुपमा उपस्थित हुनुपर्ने र नेपालको प्रतिष्ठा संसारमा उच्च बनाउन सकिने उनको विश्वासले प्रभावशाली संस्थाहरुको भूमिका र आवद्धतालाई इंगित गर्दछ । अनि, जबजको जगमा बनेको नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले अघि सारेका जनता केन्द्रित नीतिहरूले ‘सफ्ट पावर’ ले भने झैं अनुकरणीय नीतिहरुमार्फत विश्व समुदायको मन जित्ने कार्य भएको प्रमाणित हुन्छ । त्यती मात्रै होइन, युद्दरत माओबादीलाई जबजले तयार गरेको राजनीतिक संरचना भित्र डोर्याएर युद्दका कमान्डर प्रचण्ड तीन पटक, जनमतद्वारा केपी शर्मा ओली दुई पटक, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई एक–एक पटक नेपालको प्रधानमन्त्री बनाउने आधार पनि जबजकै सिद्धान्तअनुसार भएको देखिन्छ, जुन विश्व–कम्युनिष्ट आन्दोलनको नवीन उपलब्धि हो ।

सन् १९७४ मा इम्मानुएल वालरस्टाइनले अर्ध परिधी नामको अर्को संरचना थप गरी विश्व पुँजिवादका तीन संरचना सहित नव–मार्क्सवादको अवधारणा अगाडी आएको देखिन्छ । तर नव मार्क्सवादीहरुले पनि कम्युनिष्टहरु जनमतबाट सत्तामा जान सक्ने भन्ने तर्क प्रष्ट गरी अगाडी सारेको देखिदैन ।

निष्कर्षः

यसरी मदन भण्डारी स्वयम् नेपालको लागि सफ्ट पावर हुन् र उनलाई नेपालको सफ्ट पावरको ब्राण्डको रुपमा विश्व–जगतमा स्थापित गर्ने भिजनसहित नेकपा (एमाले) लाग्नुपर्दछ । त्यसो त जतिबेला जोसेफ नाईले पश्चिमी विश्वमा ‘सफ्ट पावर’ को अवधारणा अगाडी सार्दै थिए, ठिक त्यहीँ सेरोफेरोमा नेपालमा जननेता भण्डारीले जनताको बहुदलीय जनवाद अगाडी सारेका थिए । त्यसैले स्वर्गीय भण्डारीलाई ‘सफ्ट पावर’ को ब्राण्डको रुपमा विश्वमा स्थापित गर्ने मात्रै होइन कि अमेरिकन जोसेफ नाईको ‘सफ्ट पावर’ स्वयम् पनि जबजको एउटा भाग थियो भनेर शोंध–अनुसन्धानद्वारा पुष्टि गर्न ढिला हुन लाग्यो र यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक देखिन्छ ।

(लेखक हरि चन्द'अग्निपुन्ज' त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधीको शोंध अनुसन्धान पूरा गरेका चन्दमध्य–पश्चिमविश्वविद्यालय इन्ष्टिच्युट अफ इन्टरनेश्नल कोअपरेसन एण्ड डिभेलपमेन्टमा भिजिटिंग फ्याकल्टीका रुपमा कार्यरत छन् । साथै उनी मदन भण्डारी फाउन्डेसन, नेपाल बुद्दिजीवी परिषद केन्द्रीय सदस्य र नेकपा (एमाले) विदेश विभागको पनि सदस्यको रुपमा कार्यरत छन् ।) 

प्रकाशित: १४ असार २०८१ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App