१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘बर्खाअघि ६० प्रतिशत भूकम्पपीडित छानामुनि’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले आगामी बर्खा सुरु हुनुअघि कम्तीमा ६० प्रतिशत भूकम्पपीडितलाई छानामुनि ल्याउने गरी काम गर्न सरोकारवाला निकायका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

लेस्टरका प्रशिक्षक बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मंगलबार प्रशिक्षक क्रायग सेक्सपियरलाई बर्खास्त गरेको छ । क्लबको लगातारको खराब प्रदर्शनलाई कारण देखाउँदै लेस्टरले सेक्सपियरलाई बर्खास्त गरेको हो ।

काग्लियारीका प्रशिक्षक बर्खास्त

काग्लियारीका प्रशिक्षक मासिमो रास्टेली यो सिजन इटालियन सिरी ‘ए’ मा बर्खास्तगीमा पर्ने पहिलो प्रशिक्षक भएका छन् । जारी सिजनमा क्लबको प्रदर्शन खराब भएपछि उनी बर्खास्तगीमा परेका हुन् ।

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत

वामपन्थी गठबन्धनमा रहेका दलहरूबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरू हटाउनेछन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

काठमाडौं— सरकारी स्वामीत्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता तथा बेथिति गरेको आरोप लागेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा पदमुक्त भएका छन्। शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरिय बैठकमार्फत शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ‘आज बसेको मन्त्रिस्तरिय बैठकले शर्माको सदस्यता खारेज गर्दै अध्यक्ष तथा महाप्रबन्धबाट पद मुक्त गर्ने निर्णय गरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजसँग भने।

खड्का बर्खास्त

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेपछि सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो।

अन्ततः गोपाल खड्का बर्खास्त

नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

सञ्चालक समिति बर्खास्त गर्न सिफारिस

शिक्षा मन्त्रालयको छानबिन समितिले साझा प्रकाशनमा अनियमितता भएको पुष्टि गर्दै वर्तमान सञ्चालक समितिलाई हटाएर तत्काल कारबाही प्रक्रिया अघि बढाउन  सिफारिस गरेको छ।

ट्रम्पले रणनीतिकारलाई बर्खास्त गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्यानन्लाई बर्खास्त गरेका छन्।

झुठो विवरण दिने भारतीय दम्पती बर्खास्त

विश्वको सर्वोच्च शिखर चढ्ने भारतको पहिलो दम्पत्ति भएको दाबी गरेका भारतीय प्रहरीमा कार्यरत एक दम्पत्तिलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ।

दक्षिण कोरियाका प्रशिक्षक बर्खास्त

विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँग स्तब्ध भएपछि दक्षिण कोरियाले बिहीबार प्रशिक्षक उली स्टिलाइकलाई बर्खास्त गरेको छ। कतारसँग मंगलबार भोगेको ३–२ को हारपछि दक्षिण कोरियाको अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट यात्रा कठिन बनेको थियो।

स्थानीय तह थपिए बर्खाअघि चुनाव 'असम्भव'

सर्वोच्चले स्थानीय तह थप्न रोक नलगाए तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा आउने छ। र, निर्धारित मिति असार १४ मा चुनाव पनि संभव हुने छैन।

‘खटाएको ठाउँमा नगए बर्खास्त'

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्थासहितको कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। मन्त्रिपरिषद्को विधेयक समितिको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो।

बर्खास्तमा परेकी कोरियाली राष्ट्रपतिले छोडिन् सरकारी निवास

संसदको महाअभियोग अदालतले समेत सदर गरेपछि दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेल राष्ट्रपति भवनबाट बाहिरिएकी छन्। उनी उनकी साथीसँग एक भ्रष्टाचारको काण्डमा सहभागी भएकी भन्दै उनलाई महाअभियोग लगाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्