जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत
‘जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ’, उनले भने, ‘यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ।’
‘जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ’, उनले भने, ‘यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ।’
व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ।
हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।
सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।
बाँके, राप्ती सोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा पनि अझै मर्मत गरिएको छैन।
भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।
‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।
टीकापुर नगरपालिकाको दक्षिणी भेगका जनता साता दिनदेखी राम्ररी सुत्न पाएका छैनन्। उनीहरु कुनै पनि बेला कर्णाली नदी गाउँ पस्ने त्रासले राम्ररी सुत्न नपाएका हुन्।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘डोजर एक्सकाभेटर राप्तीको कुन ठाउँमा छैन ?’ जेठ अन्तिम सम्म मात्रै उत्खनन्को सम्झौता हुने भएकाले ठेकेदारहरुले अहिले दिनरात जथाभावी उत्खनन् गरिरहेका छन्। सैयाैं टिप्प र डोजर छपक्कै नदीमा झारेका उनिहरुले सकेजति लाभ उठाउने दाउमा देखिन्छन्।
कोरोनाको आडमा भारतीय ठेक्केदार पक्षले सप्तरीमा कोसीको पश्चिमी तटबन्ध र स्पर पुर्ननिर्माण काममा अनियमितता गरेको पाइएको छ। कोरोना संक्रमणका कारण नेपाली पक्ष अनुगमनका लागि निर्माणस्थलमा पुग्न नसक्दा भारतीय ठेकेदारहरूले नेपालतर्फ कोसीको पश्चिमी तटबन्धमा गुणस्तरहीन कामलाई तीव्रता दिइरहेका छन।
भारतले सप्तकोसी सम्झौता विपरीत नेपाली भूमिमा बोर्ड राखेको छ। कोशीको पूर्वी तटबन्ध क्षेत्रमा भारत सरकारको बोर्ड राखेको हो।
टीकापुर नगरपालिका–२ मुलपानी नजिकै कर्णाली नदीले कटान गरेको ठाउँमा स्थानीयले जैविक तटबन्ध निर्माण गरेका छन् । रानी जमरा कुलरिया सिँचाई जलउपभोक्ता समितिमा आवद्ध स्थानीयले नदी कटान रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका हुन ।
नेपालको सीमा मिचेर भारतले एकतर्फी रुपमा बनाएको तटबन्धले रौतहटको ईशनाथ नगरपालिकामा करिब पाँच सय बिघा जमिन डुबानमा पर्ने गरेको छ।