१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘राजधानी’को ध्यान खिच्दै चुलाचुली रंगमञ्च

सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ।

रहेनन् नेपाली रंगमञ्चका हस्ती

रंगकर्मी मल्लको बाल्यकालका वीरगञ्जमा बित्यो। राजधानीको गुच्चाटोलका स्थायी बासिन्दा उनका बुबा वीरगञ्जस्थित परवानीपुर सेन्टर फार्ममा हाकिम भएपछि सपरिवार उता लागेका थिए। वीरगञ्जको त्रिजुद्ध हाइस्कुलमा अध्ययन सुरू गरेका थिए।

रंगमञ्चमा ध्वनि

ध्वनि सम्प्रदायले ध्वनिलाई रसध्वनि, वस्तुध्वनि र अलंकार ध्वनिमा विभाजन गरेर ध्वनिको गहिराइसम्म पुग्ने प्रयास गरेको देखिन्छ। काव्यशास्त्रमा व्याख्या गरिएको ध्वनिसँग आवाजको कुनै तादात्म्यता वा सम्बन्ध छैन। यो त काव्यको भित्री गुण वा व्यंग्यार्थसँग अन्तर्निहित तत्व मानिन्छ, जुन रसको माध्यमबाट ध्वनिस्वादन या आत्मस्वादन गर्न सकिन्छ।

अब रंगमञ्चले फरक बाटो तय गर्छ : सुनिल पोखरेल (अन्तर्वार्ता)

कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्। त्यस्तै नेपाली रंगकर्म क्षेत्र पनि यतिबेला ठप्प छ।

रंगकर्मीको गुरु-चेला सम्झना

रंगकर्मीका लागि गुरुपूर्णिमा विशेष दिन बनेर आउँछ। गलाभरि खादा, निधारमा टीका र हातभरि मिठाई। आत्मीय वातावरणमा आफ्ना चेलाहरूबीच रंगकर्मका अनुभव बाँड्न पाउँदा उनीहरूमा खुसी छाउँछ।

‘बालबालिकालाई रंगमञ्च बुझाउनुछ’

रंगमञ्चको विकास, विस्तार गर्न, बालबालिकालाई रंगमञ्चप्रति आकर्षित गर्न, रंगमञ्चका माध्यमबाट बालबालिकालाई सही ज्ञान वा शिक्षा दिन पनि यस्तो महोत्सव आवश्यक छ।

नचनियाको नालीबेली

अहिले पनि महिला नाट्यकर्मीलाई ‘नचनिया’ भन्छन्। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा ‘कति जना हो नचनिया’ भन्छन्। नाटकमा कति मिहिनेत गर्नुपर्छ ? यसको महत्व कति छ ? केही थाहा छैन।

जसको एउटा सपना थियो, जसका धेरै साथी थिए

एकपटक उनी नायक हुने रहरले मुम्बई पनि पुगेका थिए, सुनील दत्तको फिल्म रकीमा दत्तले आफ्ना छोरा सञ्जय दत्तलाई नायक बनाएपछि दीपक हिस्स परेर दार्जिलिङ फर्के। दार्जिलिङबाट उनी गोपाल योञ्जनको सिफारिसमा काठमान्डु आए।

'मार्क्स फर्किए' : इतिहास र दर्शनको खोजी

भौतिकवाद भन्छ, 'आत्माको पुनरावृत्ति सम्भव छैन।' त्यसको ठिक विपरित छ अध्यात्मवाद। यो त दर्शनको कुरा भयो। तर कला, सहित्य र विचारमा भने त्यो पुनरागमन भैनै रहन्छ। त्यसैले त सन् १९९९ मा अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले ‘मार्क्स इन सोहो' लेखे। हावार्ड जीनले यो नाटक लेखिरहँदा जर्मन दार्शनिक मार्क्स जन्मिएको १८१ वर्ष पुगिसकेको थियो।

नेपाली रंगमञ्चमा 'मार्क्स फर्किए'

कार्ल मार्क्सले १ सय चालिस बर्ष अघि बिताएको जीवनको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन हुने भएको छ।

‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

नाटकमा परिवेश पनि निकै विम्बात्मक छ, एउटा घरभित्रको चुलोचौकोमा नाटक सुरु हुन्छ र त्यहीँ सकिन्छ। दुई पुरुष पात्रको भूमिका नेपथ्यमै टुंगिनुको संकेत स्पष्ट छ– पुरुषवादी समाजमा चुलोचौकोको काम महिलाको मात्रै हो।

पपेट थिएटर कार्यशाला सुरु

कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा पपेट थिएटर कार्यशाला सुरु भएको छ। जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना भइरहेको हो।

४० वर्षपछि ‘सीतापुरमा फेरि अर्को रहस्यात्मक हत्या’

शव ढाकेको सेतो कपडामा शवकै चित्र छ। शव उठाएको नाममा चित्रलाई मात्रै उठाइन्छ, मञ्चका कलाकारहरूचित्रलाई नै शव देख्छन्। जब चित्रले छोपिएको शव उठेर सूत्रधारको रूपमा बोल्न थाल्छ, तब अन्य कलाकारको गति रोकिन्छ। सूत्रधारले कथानकलाई मेलो दिन्छ र छेउ लाग्छ, गति रोकिएका कलाकारहरू गतिशील हुन थाल्छन्।

सुनिलकाे नाट्य नशा

थानकोट काटेर काडमाडौँ पस्दा उनको काँधमा एउटा सानो कुम्लो (बोडिङ) थियो। त्यो कुम्लोभित्र उनकी फुपूद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानका नाट्य विभाग प्रमुख हरिहर शर्माका नाममा लेखिएको एउटा चिर्कटो पत्र थियो। चिनेका कोही थिएननन्। जानेका थुप्रै थिए। तर, जानेकाले उनलाई चिन्दैनथे।

‘फादर क्यारिअर’मा बाबुको पीडा

भूँइमा झण्डै दर्जन हाराहारीमा महिला रूपका मानव आकृति, त्यसकै छेउमा बनाइएको पिङ अनि मध्यभागमा एक तराजु। यो माहौलको अर्को छेऊमा ढाडमा मानव कंकाल बोकेको एक व्यक्ति केही समयदेखि झोक्राइरहेको छ। उसको अगाडि मैनबत्ति छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्