४ पुस २०८१ बिहीबार
image/svg+xml

‘गाउँमा रंगमञ्च’का अभियन्ता

पूर्वमा एउटा कथन छ, ‘इलामले नहेरेको, झापाले नदेखेको ठाउँ हो चुलाचुली।’ चुलाचुली गाउँपालिका इलाममा भए पनि झापासँग सीमा पर्छ। त्यहाँ अधिकांश मानिस दैनिक चलाउन दमक आउने गर्छन्। त्यो गाउँ धेरै विकट छ। सुगम जिल्लासँग जोडिएको चुलाचुली हरेक हिसाबले पछि परेको छ।

‘सयकडा दशले सन्तानलाई सदाचार बनाउन सिकाउँछ’

रंगमञ्चमा हास्यव्यंग्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय कलाकार मनोज गजुरेलले पञ्चायतकालिन समयमा ‘भ्रष्टाचार’ शब्द राम्रै सुने। उनले उसबेला जनपक्षीयले पञ्चहरूलाई र पञ्चहरूले जनपक्षीयलाई ‘भ्रष्टाचार’को आरोप लगाउँदै आक्रमण गरेको पनि थाहा पाए। पञ्चायत, प्रजातन्त्र, राजा शासन, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मनोजका कानमा ‘भ्रष्टाचार’ शब्द सधैं गुन्जिरहे।

मैथिली रंगमञ्चमा नेपालीभाषी महिला

मैथिली नाट्य परम्पराको समृद्ध र प्रभावशालीअतीत छ । तर, रंगकर्मप्रति बहुसंख्यकव्यक्तिमाविद्यमान संकीर्ण दृष्टिकोण, व्यवहारिक सीमा र समस्याकाकारण यस विद्यालाई बहुमुखी र बहुआयामिक बनाउन नसकिएको साँचो हो ।

रंगमञ्चले बसायो घरबार

रंगमञ्चको अभिनयबाट उदाएका कलाकार हरिहर शर्मा फिल्म क्षेत्रमा पनि सक्रिय छन् । पाको उमेरमा उनको अभिनयमा कुनै सुस्तपन देखिँदैन् । उनकी जीवनसंगिनी सकुन्तला शर्मा पनि नाटकका स्थापित कलाकार हुन् । नाटक गर्ने क्रममा भेटिएको यो जोडीले नाटकलाई कर्म क्षेत्र मात्र बनाएनन्, दैनिक भेटमा बढेको घनिष्ठताले घरबार पनि बसाए ।

रौनक मैथिली रंगमञ्चको

राजा जनकले शासन गरेको, पौराणिक पात्र सीताको उदय भएको, विद्यापति, गोनु झा, गार्गी जस्ता पात्रहरूले सम्पन्न बनाएको यस समाज र संस्कृति नेपालको साहित्य र नाट्य परम्पराभित्र राखेर हेर्दा गौरव अनुभूत हुन्छ।

रंगमञ्चको लय

जटिल परिवेश र सरकारी उदासिनता रहँदारहँदै पनि गत साल (०७३) झन्डै पाँच दर्जन नाटक मञ्चमा उतारिनु पक्कै पनि प्रशंसायोग्य हो। रंगमञ्चको पर्दामा यतिका नाटक चलायमान हुनु सन्तोषको कुरा हुँदाहुँदै पनि सालभर प्रस्तुत गरिएका नाट्यविषय र प्रस्तुतिशिल्प कमजोर मात्र देखिएनन्, दर्शकले बासी पनि ठाने।

रंगमञ्चमा नयाँ चेतनाको खोजी

पपुलर आर्ट गरेर नयाँ आविष्कार सम्भव छैन। तर, नयाँ काम गर्न खोज्दा व्यापार नहुन सक्छ। धेरै हदसम्म समाजका लागि कला र साहित्य विज्ञानको प्रयोगशालाजस्तो हो। यो नाफा–घाटाभन्दा पनि नयाँ चेतनाको खोजी हो। त्यसैले सेक्सपियरको नाटकमा झैँ गधाको टाउको जोडेरमात्रै अबको नेपाली रंगमञ्च बाँच्दैन।

रंगमञ्च एक भर्याङ

‘सरले पत्रिकामा लेख्नु भएको आर्टिकल पढेको थिएँ ।’ अनुप बराल सरलाई थिएटर भिलेजमा अकस्मात् भेट्दा अकस्मात नै निस्किएको प्रसंग हो । ओहो ! भेट अकस्मात् हैन क्यारे ! उहाँकै नाटक हेर्न गएपछि भेटिने सम्भावनालाई कसरी अकस्मात् भन्नु ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्