४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसले गाउँपालिकामा लगाएको तला प्रहरीले खोल्यो

जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ। नेपाली कांग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्ममा रहेको सम्पर्क कार्यालयमा ताला लगाएको थियो।

फेरियो व्यवस्था , फेरिएन रवैया

सप्तरी सदरमुकामसमेत रहेको राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।

विराटनगर जुटमिलमा तालाबन्दी

विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन्।  बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन्।

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो ।

निजी विद्यालयको मनपरी शुल्कविरूद्ध देशभरिका शिक्षा इकाइमा तालाबन्दी

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि शिक्षा बिभागका महानिर्देशक र देशभरका शिक्षा बिकास र समन्वय इकाइको कार्यालयमा तालाबन्दी गरेका छन्।

प्याब्सन र एन प्याब्सन कार्यालयमा तालाबन्दी

चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनमा रहेको संयुक्त विद्यार्थी संगठनले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियसन (एन प्याब्सन)को केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

कारागारमा कैदीबन्दीकै तालाबन्दी

जिल्ला कारागार शाखा गोरखमा मंगलबार बिहानैदेखि कैदीबन्दी तालाबन्दी गरेर आन्दोलित भएका छन्। त्यहाँ रहेका नाइके, भाइनाइके, चौकीदारले कैदीबन्दीलाई शोषण, भेद्भाव र दमन गरेको भन्दै अन्य कैदीबन्दी बिरोधमा उत्रिएका हुन्।

प्रदेश अधिवेशनमा 'सिन्डिकेट' लगाइएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ।

कैदीले गरे जेलभित्रैबाट तालाबन्दी

काभ्रे कारागारमा रहेका कैदी बन्दीहरुले जेल भित्र प्रदर्शन गरेका छन्। उनीहरुले जेल प्रशासन र नाइके, भाइ नाइकेको ज्यदती र राशनमा घोटाला भएको भन्दै नाराबाजी गरेका हुन्।

तालाबन्दीले ३८ दिनदेखि काम ठप्प

गाउँपालिकाको नाम परिवर्तनको विषयलाई लिएर सुकिदह गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी ३८ दिनसम्म पनि खुलेको छैन । पटकपटकको सर्वपक्षीय छलफलबाट पनि निकास ननिस्किएको भन्दै कार्यालयमा माघ ८ गते ताला लगाइएको थियो।

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी सोमबार खुलेको छ।

सुकुमवासीद्वारा नगरपालिकामा तालाबन्दी

रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय सुकुमवासीले तालाबन्दी गरेका छन् । नगरपालिकाले व्यवस्थित बसोवास आयोगले माग गरेको सिफरिस नदिएको भन्दै सुकुमवासीले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज तिमल्सिनासहित कर्मचारीलाई कार्यालयबाहिर निकालेर मुख्य गेटमै ताला लगाइदिएका हुन ।

सुप विश्वविद्यालयमा तालाबन्दी

दूरपश्चिम विश्वविद्यालयका सवारी साधन दुरूपयोग गरिएको भन्दै अखिल क्रान्तिकारीले थालेको आन्दोलनको भोलिपल्टै सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी र धर्ना सुरू भएको छ। सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले पुनः सोमबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै धर्ना सुरू गरेको छ।

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्