४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निजी विद्यालयको मनपरी शुल्कविरूद्ध देशभरिका शिक्षा इकाइमा तालाबन्दी

काडमाडौं– संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि शिक्षा बिभागका महानिर्देशक र देशभरका शिक्षा बिकास र समन्वय इकाइको कार्यालयमा तालाबन्दी गरेका छन्। पूर्व घोषित कार्यक्रमअन्तर्गत शुल्क नियन्त्रणका लागि दबाबमूलक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले देशैभरि तालाबन्दी गरेका हुन्।

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा मनपरी ढंगले बृद्धि गरिरहेको भन्दै विद्यार्थी संगठनले सरकार समक्ष जोडदार माग गरेको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए।

आफूहरुका माग पूरा नभए कडा आन्दोलनमा उत्रिने संयुक्त विद्यार्थी संगठनले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७५ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App