४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केन्द्र विवादले भिमसेन गाउँपालिकामा तालाबन्दी

गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा बिवाद हुँदा गाउँपालिकाको कार्यालयमा बिहीवार तालाबन्दी भएको छ । बगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्न लागिएको विरोध गर्दै बगुवाका स्थानीय र जनप्रतिनीधिले विरोध जनाउँदै आएका थिए । त्यस क्षेत्रका स्थानीयले गाउँपालिकाको कार्यालयमा विहीबार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्।

भक्तपुर एमाले कार्यालयमा तालाबन्दी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी

एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्।

एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी

नेकपा एमाले पर्साको पार्टी कार्यालयमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सांसद बिचारी यादव नेतृत्वको असन्तुष्ट टोलीले सोमबार तालाबन्दी गर्दै धर्ना सुरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकोले तालाबन्दी गरेको सांसद यादवले बताए ।

एक महिनादेखि उद्योगमा तालाबन्दी

भुक्तानीको माग गर्दै उखु उत्पादक संघले उद्योगमा तालाबन्दी गरेपछि मिल्सको सम्पूर्ण कारोबार ठप्प

एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी

धरान उपमहानगरपालिकामा पार्टीले घोषणा गरेको उम्मेद्वारहरू प्रति असन्तुष्टि जनाउँदै एमालेका कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ।

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्समा किसानहरुले विहीवार तालाबन्दी गरेका छन् । ३२ करोडभन्दा बढी भुक्तानी दिनेतर्फ उद्योगले कुनै चासो नदेखाएपछि भुक्तानीको माग गर्दै किसानहरुले उद्योगको विभिन्न विभागमा तालाबन्दी गरेका छन् ।

जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय तहमा तालाबन्दी

सरकारले घोषणा गरेको स्थानीय तह चुनाव मिति नजिकिँदै गर्दा सप्तरीमा मधेसी मोर्चाको विरोध पनि चर्कंदै गएको छ। मोर्चाको विरोधका कारण चुनाव तयारी प्रभावित भएको छ। विरोधकै क्रममा मोर्चाले सप्तरीका सबै गाउँ/नगरपालिका कार्यालयमा ताला लगाइदिएको छ।

मोर्चाद्वारा स्थानीय तहका कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन्।

शङ्खरापुरलाई कागेश्वरी नगरपालिकामा गाभेको भन्दै तालाबन्दी

स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

भर्ना बन्द गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा नेपाल बिद्यार्थीसंघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। नेविसंघले आज क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शाखामा तालाबन्दी गरेको हो।

तालाबन्दीपछि केयु गेटमा नै पढाई

काठमाडौं विश्वविद्यालय (केयु)मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिन विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्