४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अर्घाखाँचीमा बन्दकर्ताद्वारा सरकारी कार्यालयमा तालाबन्दी

पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न लागिएको बिरोध गरिएको आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बन्द छ । सरकारी कार्यालयका कामकाज ठप्प पारेपछि अधिकांश कर्मचारी घर फर्किएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।

उपत्यकामा धेरै क्लिनिक अवैध, १३ मा तालाबन्दी

काठमाडौं र ललितपुरमा धेरै क्लिनिकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाका धेरै क्लिनिकहरु अवैध रहेको गुनासो आएको भन्दै खटाउनु भएको अनुगमन टोलीले अधिकांश क्लिनिकहरु अवैध रहेको पत्ता लगाएको हो।

जलेश्वर नगरपालिकामा तालाबन्दी

महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आइतबार राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ । जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०-२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा सोको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो ।

वरिष्ठलाई रोक्न डिन कार्यालयमै तालाबन्दी

वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त हुनुपर्नेलगायत माग राखेर वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चार दिनदेखि नवौं अनशनमा छन्। यही माग अवरोध पार्न र वरिष्ठलाई पाखा लगाई पार्टी निकटकालाई डिन बनाउन दलनिकटका केही चिकित्सक भने बिहीबारदेखि संगठित रुपमै विरोधमा उत्रिएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी

विराटनगर- विभिन्न ६ सुत्रीय माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्