६ आश्विन २०८१ आइतबार
image/svg+xml

सवारीसाधनले क्षमताभन्दा बढी भार बोकेमा कारवाही

यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ। मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ।

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

गाडीमा छैन सावधानी

गाडी चालक र सहचालक आफैँ मास्क र स्यानिटाइजर प्रयोग नगर्दा यात्रुहरू पनि आफ्नो दायित्वबाट पछाडि हट्ने गरेका छन्। कोचाकोच अवस्थामा रहेका यात्रुले यात्रा पूरा नगर्दासम्म माक्स नखोल्ने भनिए पनि केही यात्रुले मास्कसमेत प्रयोग गरेका हुँदैनन्।

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।

निषेधाज्ञा अवधिमा जरिवाना नलाग्ने

सवारी साधन र सवारीचालक अनुमतिपत्र नवीकरण लगायत काममा जरिवाना नलिने निर्णय भए पनि नवीकरणका लागि कति समय दिने भन्ने टुंगो लाग्न बाँकी छ ।

कवाडी बनाइएका गाडीको तथ्यांक माग

अधिवक्ता पदमबहादुर श्रेष्ठले सरकारी कार्यालय, संस्थानलगायत सबै सार्वजनिक कार्यालयमा मर्मत गरेर चलाउन मिल्ने सवारीसाधनसमेत बेवारिसे बनाइँदा राज्यलाई व्ययभार बढेको, वातावरण प्रदूषित बनेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

आजदेखि सवारीसाधनमा फेरि जोरबिजोर

सरकारले बिहीबारदेखि निजी र सार्वजनिक दुवै सवारीसाधनमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको बताउँदै सरकारले सो नियम लागु गरेको हो।

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।

सोमबारदेखि गाडी चलाउने निर्णय भएको छैन : महासंघ

मजदुरको कोरोना बिमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

सार्वजनिक सवारीसाधनको आयु पुनर्विचार गर्न माग

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् । सरकारले २० वर्षे आयु नाघेका सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक भएको भन्दै सवारीसाधनको अधिकत्तम आयु पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

सार्वजनिक सवारीसाधनको आयु पुनर्विचार गरियोस

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् ।

चार दिन हिँडेर घर

रोजगारीका लागि सल्यानबाट दैलेख आएका चारजना युव चार दिन हिँडेर घर फर्केका छन्। लकडाउनका कारण सवारीसाधन बन्द भएपछि उनीहरू हिँडेर घर पुगेका हुन्।

नियम उल्लंघन गर्ने दुई हजार सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ।

काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर मात्र प्रवेश

सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।

उपत्यकामा जोर–बिजोर माग्दै रिट

काठमाडौं उपत्यकामा सवारीसाधन बढ्दा प्रदूषण बढेर वातावरणमा असर पुगेकाले २० वर्षे गाडी हटाउन, जोर–बिजोर प्रणाली लागु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्