६ आश्विन २०८१ आइतबार
image/svg+xml

'राइड सेयरिङलाई कानुनले व्यवस्थित गर

प्रविधिमा आधारित राइड सेयरिङ एप्समार्फत सञ्चालित रातो प्लेटका सवारीसाधनलाई कानुन बनाएर व्यवस्थित गराउन सेवाग्राहीले सरकारसँग माग गरेका छन्।

२५ सय सवारीसाधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा नियमविपरीत चलाउने २५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो । प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ ।

बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटो फिचरसहित)

निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ। दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन। राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ। लाग्छ, उनीहरुलाई दशैँको छुट्टीको कुनै परवाह छैन।

सवारीसाधनमा कडाइ

चाडपर्व लागेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारीसाधानमाथि कडाइ चेक जाँच गरेको छ। सदरमुकाम मन्थली, सेलेघाट, रामेछाप बजारलगायत ठाउँमा प्रवेश गर्ने साना तथा ठूला सवारीसाधन जाँचमा कडाइ गरेको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रिकोटीले बताए।

सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं. २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको

जिससद्वारा सवारीसाधन दुरुपयोग

समितिका सदस्यले यातायात खर्चबापत मासिक चार हजार पाउने व्यवस्था छ। तर सरकारी मोटरसाइकल प्रयोग गरिरहेका सदस्यले दोहोरो सुविधा लिएको हुनसक्ने एक स्थानीयले बताएका छन्।

जिससद्वारा सरकारी सवारीसाधनको दुरुपयोग

जिल्ला समन्वय समिति ओखलढुंगाले नियम विपरित सरकारी सवारी साधन वितरण गरेको छ। समितिले विभिन्न स्थानीय तह तथा व्यक्तिलाई समेत सरकारी सवारी साधन वितरण गरेर दुरुपयोग गरेको हो।

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

सवारीसाधनको बढ्दो चाप र सरोकारवाला निकायले बेवास्ताले बसपार्क अस्तव्यस्त बनेको हो । जसका कारण यात्रुले सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । बसपार्कमा कार्यरत कर्मचारी निरञ्जन कार्कीले अहिलेसम्म बसपार्क सडक मर्मत नहुँदा यात्रुहरूलाई समस्या भएको बताए । उनी बसपार्कका सवारी कर उठाउने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्र्डस प्रालिमार्फत् सवारी साधनको कर उठाउँछन् ।

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका ७ छाप्रेमा पहिरो जाँदा सयौँको संख्यामा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। सोमबार राति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपछि सडकको निसाना नरहने गरि सडक बगाएको थियो।

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न थालेकी छन्। उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ।

कहिले बन्छ निकोसेराको सडक

निकोसेरा खण्डको सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्। खाल्डोयुक्त सो सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।

मिनटमै इमरजेन्सी ब्रेक !

तपाईंलाई लाग्छ कि बजार क्षेत्रमा मात्र सवारीसाधनमा ब्रेकको प्रयोग बढी हुन्छ। पैदल यात्रुको चाँप भएका ठाउँमा ब्रेक नच्यापी धर पाइँदैन। यसको ठीक उल्टो सामान्य अवस्थामा पूर्वपश्चिम राजमार्गमा भने सवारीसाधन बेरोकटोक चल्छन्। एउटै रफ्तारमा सवारीसाधन चलाएर गन्तव्यमा पुग्न सकिन्छ। तर अहिले सार्वजनिक वा निजी सवारीसाधन प्रयोग गर्ने जोकोहीको पनि छाडा गाईवस्तुका कारण राजमार्गको यात्रा कष्टपूर्ण भइरहेको छ। यतिखेर राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउन जरुरी छ।

लेन अनुशासन नमान्ने धेरै

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्