४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिकता ऐन संसोधनको बिरोधमा प्रदर्शन

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बिरोधमा वीरगन्जमा सोमबार धर्ना प्रदर्शन भएको छ ।

संविधान संशोधनको पहल थाल्न संघीय समाजवादी फोरमको आग्रह

संघीय समाजवादी फोरमले जारी संसदको अधिवेशनमै संविधान संसोधनको प्रस्ताव ल्याउन माग गरेको छ। सत्तासाझेदार फोरमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शिर्ष  नेताहरुलाई भेटेर यस्तो माग गरेको हो।

एकै पटक झन्डै २ सय कानुन संसोधन हुँदै

हालसम्म मुलुकमा निमार्ण भएका कुल ३ सय ९३ कानुनमध्ये आगमी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन्।

संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्छौ: केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

कांग्रेस विधान संशाेधनको प्रारम्भिक मस्यौदा तयार

पाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५देखि ९गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो। मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो।

विधान संसोधन नगर्न एन्फालाई राखेपको पत्र

अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार चितवनमा हुने साधारणसभामा विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निर्देशन गरेको छ।

‘प्रदेशसभा नियमावली २०७५’ संसोधनसहित पारित

आइतबारको प्रदेशसभाले प्रदेश ५ को प्रदेशसभा नियमावली २०७५ सर्वसम्मतले पारित गरेको छ।

कांगेसले गर्छ संविधान संसोधन : प्रम देउवा

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन् ।

संविधान संसोधन प्रस्तावबारे मोर्चाले वुधबार धारणा सार्वजनिक गर्ने

आफ्ना मागलाई सम्वोधन गर्न ल्याएको संविधान संशोधनको प्रस्तावका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

संसोधन विधेयकमा हस्ताक्षर गर्दैनाैंः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने बताएका छन्। थापाले विधेयकको विवादलाई थाँति राखेर नयाँ शिराबाट समझदारी कायम गरेर अघि बढ्न सरकारलाई आग्रह गरे। उनले नेकपा एमालेलाई संसद अवरुद्ध नगर्न पनि आग्रह गरेका छन्।

संसोधन प्रस्ताव फिर्ता हुँदैन, संसद चल्न नदिए एमालेलाई घाटा: देउवा

सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनकालागि संसदमा दर्ता भएको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। नेपाली काँग्रेस चितवनले बिहीबार बिहान भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले एमालेले मधेस र पहाडबीच दूरी बढाउने काम गरेको र यो राष्ट्रको खिलापमा भएको आरोप लगाए।

संसोधन विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरीः अध्यक्ष न्यौपाने

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन।

मोर्चाको ‘यु टर्न’- संसोधन प्रस्ताव स्वीकार्य !

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई घुमाउरो भाषामा स्वीकार गरेको छ।  शनिबार बसेको मोर्चाको बैठकले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई स्वीकार्ने निष्कर्ष निकालेको छ।

संसोधन प्रस्ताव पक्षमा एमालेले मतदान गर्छः देउवा

‘सबैदलसँग छलफल गरेर प्रस्ताव दर्ता गरिएकाले अहिले जे देखिए पनि मधेसी मोर्चा र एमालेले पनि पक्षमै मतदान गर्छन्।’ प्रदेश छुट्याएको भन्दै आन्दोलनमा उत्रेकाहरूलाई पनि चाँडै मिलाउने उनले बताए। ‘आन्दोलन गर्नेहरूलाई सम्झाइ बुझाई चाँडै मिलाउँछौं’, उनले भने।

अब संविधान संसोधन हुने आशा पलायो : अशोक राई

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एक साताभित्र संविधान संशोधन हुने बताएका छन्। पार्टी कामको सिलसिलामा उदयपुर आइपुगेका राईले बिहीबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा साता दिनभित्र संविधान संशोधन हुने आशा पलाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्