४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्छौ: केसी

फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउने छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएका उनको भनाइ छ। अहिले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका हुन्। 

आज संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघियता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै उनले संघियता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत उनको दाबी छ।

 नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावी गर्दै केसीले नेपालमा संघियता भनेको ‘खर्चन पर्च, काँसी जानुपर्छ’ भने जस्तै गलपासो भएको बताए ।  

 

प्रकाशित: १२ कार्तिक २०७५ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App