६ वैशाख २०८१ बिहीबार

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि निरन्तर सञ्चालनमा

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्ता काट्दै आएको उक्त सडकखण्डमा आजदेखि सडक बन्द नहुने भएको हो।

चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण:फेरियो स्थानीयको दैनिकी

उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।

बेनी-जोमसोम-कोरला सडक: ६ वटा पुल निर्माण अन्तिम चरणमा

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।

तमोरमा काठको पुल निर्माण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँगाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।

घारखोलामा पुल निर्माण

पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

वारि भिमाद नगरपालिका, पारि शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो।

श्रमदानबाट पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ। यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन्।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्