४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। नेपाल भित्रिएका ती पाहुनालाई लिन ड्रुकको जहाज पोखरा आउन थालेको हो।

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।

एसिया कपमा सहभागी भएर स्वदेश फर्कदै नेपाली क्रिकेट टोली

एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

सुकेटारमा साढे दुई महिना पछि नेपाल एयरलायन्सको उडान

ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल एयरलायन्सले करिब साढे २ महिना पछि उडान गरेको छ।

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ।

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।

कहिले आउला सुनथरालीमा ‘चिलगाडी’

सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुशीले रसाएका थिए ।

भोलिदेखि एमसीसी औपचारिक रुपमा सुरु हुँदै, उपाध्यक्ष क्यामरुन काठमाडौँमा

मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष क्यामरुन एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन्।

बाध्यता र रहरले विदेश पुगे पनि छैन सहज

स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताएका छन्।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

दिउँसो २ बजेसम्म खुलेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, उडान प्रभावित

लगातारको वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। विहान ६ बजे नै खुल्ने विमानस्थल दिउँसो २ बजेसम्म पनि खुल्न नसकेको विमानस्थलले बताएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि उडान नियमति हुनका लागि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ।

प्रतिकुल मौसमले एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाज पनि फर्किए

भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्।

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्