बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी
हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको भनाइ छ।
हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको भनाइ छ।
चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरू सकारात्मक देखिएका छन्।
गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो।
सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आकार करिब २९ खर्ब रूपैयाँ बढाउने लक्ष्य राखेको छ।
वक्ताहरूले मधेसजस्तो उर्वर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
नेपाल राष्ट्र ब्याङ्कले विप्रेषण बढेको गर्वसाथ बताइरहँदा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली कहाँ जान्छन् भन्ने थाहा पाउनु आवश्यक छ।
कुल गार्हस्थ्य उत्पादनका आधारमा विप्रेषण भित्राउने विश्वका १५ मुलुकको सूचीमा नेपाल पर्छ। विश्व बैंकले प्रकाशन गर्ने आप्रवासन तथा विकास प्रतिवेदन २०२२ ले नेपाललाई विप्रेषण भित्राउने विश्वको ११ स्थानमा राखेको छ।
तथापि, यी सुधारका पछाडि सरकारले अवलम्बन गरेका वर्तमान नीति तथा कार्यक्रमभन्दा पनि मुलुक भित्रने रेमिट्यान्स अर्थात् विप्रेषणको निरन्तर वृद्धि प्रमुख कारक तत्व रहेको अर्थविद्हरूको बुझाइ छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।
एक महिनामै एक खर्ब रुपियाँ विप्रेषण भित्रिएको खबर सुखद भए पनि यसका भित्री कथा उत्साहपूर्ण छैनन्। अर्थतन्त्रको बाह्य पक्ष मात्र सुधार भएर पुग्दैन। आन्तरिक पक्ष सुधारमा पनि उत्तिकै ध्यान पुग्नु आवश्यक हुन्छ।
विप्रेषणबाट देशको अर्थतन्त्रले जीवन्तता प्राप्त गरिरहँदा पनि यसका जोखिमहरू अत्यन्त बढी देखिएका छन्।
मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।
मुलुकले बर्सेनि खाद्यान्न, तरकारी र अन्य अत्यावश्यक वस्तु विदेशबाट आयात गर्नुपरेको छ। देशभित्र खेतबारी भने बाँझा भएका छन्। यिनै युवालाई कृषिमा आकर्षित गर्न नसकिने होइन। तिनका उत्पादनले सहजै बजार पाउने हो भने देशमै बसेर तिनले मनग्गे आम्दानी गर्न सक्छन्।
विश्व श्रम बजारमा सधैँ कामको अवसर पाइँदैन भन्ने धेरै मुलुकले बुझेका छन्। हाम्रोमा भने समस्या नआउँदासम्म नतात्ने प्रवृत्ति छ। त्यसैले रेमिट्यान्सको विकल्प खोज्न अब ढिला गर्नु हुँदैन। अहिल्यै विकल्प खोज्न नथाल्ने हो भने यो मुलुकका लागि घातक हुनेछ।
विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ। खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ। सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याउन थालेको हो।