बाला नझुलेपछि बोट काट्दै किसान
नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन।
नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन।
आलु खेतीका लागि उर्वर भूमिका रुपमा चिनिएको ढम्कने क्षेत्रमा आलु महोत्सव हुने भएको छ। आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बडिमालिका नगरपालिका–७ ढम्कने क्षेत्रमा आलु महोत्सव हुन लागेको हो।
नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन्।
तिहार फूलैफूलको पर्व हो। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार आउन केही दिन मात्र बाँकी छ। पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। विगतको वर्षमा तिहारका लागि फूलमा विदेशको भर परेता पनि रुपन्देहीको विभिन्न क्षेत्रमा फूलखेती गरेकोले भारतिय फूल आयातमा कमि हुने देखिन्छ।
जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन्। जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन्।
पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ। घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन्। उनीहरुले घाँस बिक्री गरेर राम्रो आम्दानी पनि गरिरहेका छन्।
जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले फापर खेती सुरु गरेका छन्। २५ सय वर्गमिटर क्षेत्रफलमा खेलाडीहरुले फापर खती थालेका हुन्।
आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा दैनिक स्वदेशी तथा बिदेशी दर्शनार्थीको भीड लाग्छ। उनीहरुले भेटीसँगै मन्दिरमा फूल चढाउने गरेका छन्। तर, दैनिक दर्शनार्थीको भीड लाग्ने हलेसीमा चढाउने फूलको अभाव छ।
बाढीले बगाएको १४ बर्षपछि बगरमा खेतीपाती गर्न थालिएको छ। २०६४ को बाढीले तीन सय ६४ परिवारको हजारौ रोपनी जमिन छिन भरमै बगर बनाएको थियो। खोलामा तटबन्धको काम शुरु भए पछि बाढीले विस्थापित स्थानीयहरुले बगरमा फर्केर खेतीपाती गर्न शुरु गरेका छन्।
‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन्।
प्रायजसो बारीका कान्लामा खेती गर्ने चलन छैन । खेती गरिएका गह्रामा पनि उब्जनी नहुने भएपछि बाँझो छोड्ने गरिन्छ । तर जान्यो भने खेती गर्न नमिल्ने बारीका कान्ला र बाँझो जमिन आम्दानीको स्रोत बन्न सक्छन् । धादिङको सिद्धलेकका किसान बारीका कान्लामा घाँस खेती गरेर उदाहरणीय बनेका छन् ।
चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर सामूहिक फूलको खेती गर्दै आएका हुन्।
‘एक दशकअघि सीमित किसान मिलेर सुरु भएको पुष्पखेतीमा यतिखेर ३० जना व्यावसायिक किसान संलग्न छौं। रैथाने जातका फूलखेतीदेखि युभी पोलिहाउसमा खेती गर्ने व्यवसायीसमेत हामीसँग आवद्ध छन्,’ फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) काभ्रेका अध्यक्ष विरेन्द्रबहादुर श्रेष्ठले भने।
हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ।