११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं महानगर भन्छ : जोखिम कायमै छ, विद्यालय सञ्चालन नगर्नुस्

कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ। केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ।

नेपालमा कोरोना खोपका लागि तयारी गर्न बाँकी नै छ : डा. सुवेदी

विश्वभर पछिल्लो समय तीब्र गतिमा फैलिएको कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि ठूला देशमा विभिन्न उपायहरु अपनाउँदा पनि यो नियन्त्रणमा आउन सकेको छैन।

थपिए ७ सय ३६ संक्रमित, सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ४७ जना कोरोना मुक्त भएका छन्। यस्तै १३ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमितको संख्या साढे दुई लाख नाघ्यो

पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना मुक्त हुनेको संख्या १९९६ रहेको छ। यस्तै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

बेलायतमा कोरोना भाइरसले नयाँ रूप लियो, खोपले पनि काम नगर्ने आशंका

त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार कम्तीमा ६० स्थानीय प्रशासनले नयाँ प्रकारको कोरोना संक्रमणका घटना फेला पारेका छन्।

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

समयमै कोरोनाको निःशुल्क खोप उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन्।

पछिल्लो २४ घण्टामा थपिए १ हजार ४४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा जना १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ७१ जना कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ।

के घटेकै हो कोरोना संक्रमितको संख्या ?

भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।

कोरोना भाइरसः बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति/निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

कोरोना उपचारमा निजी अस्पतालको मनपरी, परीक्षण शुल्क पनि तोकेभन्दा बढी

कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ। राजधानीका ग्राण्डी इन्टरनेशनल, ह्याम्स, ग्रिनसिटी,नर्भिक,नेपाल मेडिसिटी, स्टार अस्पताल ललितपुर लगायतका निजी अस्पतालहरुले सरकारले तोकेको २ हजार भन्दा बढी २२ सयदेखि २४ सय रुपैयाँ लिएको पाइएको हो।

पछिल्लो २४ घण्टामा १३ सय ८२ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ९ सय ४७ को पिसिआर परीक्षण गर्दा १३ सय ८२ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २१ जना कोरोना मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थपिए १ हजार १४ संक्रमित

पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको नमुना परीक्षण गर्दा १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशमा आईतबार ४ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ। कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

धनी राष्ट्रले सहयोग नगरे अरूले तत्काल खोप नपाउने

धनी राष्ट्रहरूले निम्न र मध्यम आए भएका मुलुकलाई आर्थिक सहयोग नगरे कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ सम्म पनि ती राष्ट्रले प्राप्त गर्न नसक्ने एक प्रतिवेदनले औंल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्