८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित

भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कूल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन्। हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्।

भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन्।

यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ।
रासस

प्रकाशित: २९ मंसिर २०७७ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App