११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १३ सय ८२ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ९ सय ४७ को पिसिआर परीक्षण गर्दा १३ सय ८२ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २१ जना कोरोना मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ। यस्तै संक्रमण मुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ रहेको छ। कोरोनाका कारण नेपालमा हालसम्म १६ सय ३७ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २३ मंसिर २०७७ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App