६ आश्विन २०८१ आइतबार
image/svg+xml

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

विराटनगर भन्सारमा अघिल्लो वर्ष भन्दा ७ अर्ब कम राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ।

भन्सारको स्वर्ण संसार

अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।

विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्न पुगे गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।

भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

मेची भन्सारबाट १४ अर्ब राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ।

विदेशबाट ल्याइएको मोबाइलमा नियमानुसार नै शुल्क लिएको विमानस्थल भन्सार कार्यालयको दावी

कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार कर लिएको जानकारी गराएको छ।

भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायी मारमा

कैलालीको सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन्।

करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग

उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरहरूलाई तार्किक स्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन्।

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।

बढी तौल देखिए पछि प्रहरीले लियो ७ भारतीय मालबाहक नियन्त्रणमा

प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्लाइएस ( सिमेन्टको कच्चा पदार्थ ) बोकेका ७ भारतीय मालबाहक साधनलाई नियन्त्रणमा लिएको छ।

भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम

गत सोमबार भएको रासायनिक मलखाद लिलाम प्रक्रियामा गौर भन्सार कार्यालयका पाँच जना नायब सुब्बाको मिलोमतो रहेको पाइएको छ। भन्सार प्रमुख वासुदेव नेपाल विदामा रहेको बेला कार्यालयका पाँच जना नायब सुब्बाहरुले सबै तारतम्य मिलाएर लिलाम गराउन प्रमुखलाई अन्तिम समयमा बोलाएको स्रोतबाट बुझिएको छ।

भुटानसँग पाँच वर्षमा नेपालको एक खर्ब व्यापार घाटा

पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ। बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो। पूर्वी नाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।

मिलेमतोमा भन्सारले लिलाम गरेको मलको जाँच अख्तियारबाट

कठिन वातावरणका बीच नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले गोली चलाएर भए पनि नियन्त्रणमा लिएको एक हजार तीन सय बोरा रासायनिक मललाई गौर भन्सार कार्यालयले आधाभन्दा कम मूल्यमा बेचेको घटनाको छानबिन अख्तियारबाट गराइने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्