१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारमा अघिल्लो वर्ष भन्दा ७ अर्ब कम राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७८/७९ को  तुलनामा आर्थिक वर्ष ०७९/८०मा ७ अर्ब  २९ करोड ११ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो।

आर्थिक वर्ष ०७८/७९ मा ४० अर्ब ४२ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको विराटनगर भन्सारले आर्थिक वर्ष ०७९/८०मा ३३ अर्ब १३ करोड ६६ लाख  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले लक्षको ५५.२० प्रतिशत मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयको तथ्याँकले देखाएको छ।

आर्थिक वर्ष ०७९/८०का लागि विराटनगर भन्सार कार्यालयलाई ६० अर्ब ३ करोड रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएको थियो। आर्थिक वर्ष २०७९/८०को सुरुवाद देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले असार महिनामा ५ अर्ब २८ करोड ५२ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ५० करोड २१ लाख रुपैयाँ मात्रै असुली गर्न सफल भएको छ। जुन लक्षको ४७.३५ प्रतिशत हो । यस्तै जेठ महिनामा ५ अर्ब ५३ करोड २४ लाख राजस्व असुलीको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन लक्षको ५३.६० प्रतिशत हो।

वैशाख महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ५ अर्ब २७ करोड ५६ लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएको थियो। तर, विराटनगर भन्सार कार्यालयले २ अर्ब ५२ करोड १८ लाख ३८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन  लक्षको ४७.८१ प्रतिशत मात्रै हो। यस्तै चैत महिनाका लागि ५ अर्ब ४५ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा २ अर्ब ८० करोड १४ लाख ४८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन लक्षको ५५.९८ प्रतिशत हो।

फागुन महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब ३७ करोड ३३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिएकोमा ३ अर्ब ७ करोड १९ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। फागुन महिनामा लक्षको तुलनामा ५७.१७ प्रतिशत राजस्व संकलन गरेपनि  अघिल्ला ३ महिनाको तुलनामा सुधार भएको देखिएको छ। विश्वव्यापी आर्थिक मन्दी उस्तै भएपनि जोगवनी नजिकको मिरगञ्ज पुल पूर्ण रुपमा सञ्चालनमा आएको र आयात प्रतिबन्ध खुकुलो भएसँगै विराटनगर नाकाबाट हुने व्यापारमा सुधार आउँदा राजस्व असुलीमा पनि सुधार देखिएको हो। माघ महिनामा लक्षको ५३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

विराटनगर भन्सार कार्यालयलाई माघ महिनाका लागि ५ अर्ब १५ करोड २६ लाख ४६ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कर्याालयले २ अर्ब ७३ करोड ११ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। 

साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। आर्थिक वर्ष ०७९/८० मा लक्षको सबै भन्दा बढी साउन महिनामा राजस्व संकलन भएको थियो। साउन महिनामा लक्षको ८०.९० प्रतिशत राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। सबै भन्दा कम पुस महिनामा लक्षको ४६.३२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। विश्वव्यापी आर्थिक मन्दी र आयातमा सरकारले गरेको कडाइका कारण भन्सारको राजस्व असुली पनि प्रभावित भएको हो।  

प्रकाशित: ९ श्रावण २०८० १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App