२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

कोरोना कहरः शहरभन्दा गाउँमा बढी सजगता

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरकारले लक डाउन घोषणा गरेको छ। सरकारले लक डाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामको बाहनामा लक डाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ। राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिन्छन्।

लकडाउनमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि हातपात

रौतहटमा एक जना असईमाथि हातपात भएको छ। लकडाउनको अवधिमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि आक्रमण भएको हो।

एक साता कहिले सकिन्छ ममी !

ढाइ दशकदेखि स्वास्थ्य कार्यालयमा कार्यरत कागेश्वरी–मनोहरा नगरपालिकाकी रामप्यारी थापाले जागिरको क्रममा विभिन्न समस्याहरूको सहजै समाधान निकालिन्।

वीरेन्द्रनगरका जनप्रतिनिधिले घर भाडा नलिने

नेपाल सरकारले गरेको निर्णयलाई सघाउ पु¥याउन वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिले आफ्नो घरको घर भाडा नलिने भएका छन्। वीरेन्दनगर नगरपालिकाको कार्यपालिकाको बैठकले एक महिनाको घर भाडा नलिने निर्णय गरेको हो।

आठ खर्बका पाँच हजार आयोजना प्रभावित

नोबेल कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै मुलुकभर करिव आठ खर्बका पाँच हजारभन्दा धेरै विकासे आयोजना प्रभावित भएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले मुलुकभरका पाँच हजारभन्दा धेरै आयोजनाको निर्माण कार्य  ठप्प भएका छन्।

एघार स्थानमा तरकारी बजार सञ्चालन

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११  स्थान निर्धारण गरेको छ।

लकडाउनकै बेला फेरियो उपत्यकाको सडकको मुहार

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ। अधिकांश सर्वसाधारण घरमै क्वारेन्टाइनमा दिन बिताइरहेका छन्।

राजमार्गमा यस्तो देखियो लकडाउन

काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वीराजमार्ग सडकखण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ।

भक्तपुरमा बिस्काः जात्रा नमनाइने

भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ।

आफ्नै निर्णयबाट पछि हट्यो सरकार

लकडाउनमा अलपत्र परेकालाई भोलि र पर्सी काठमाडौंबाट घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ। लकडाउनका बेला काठमाडौंमा अलपत्रलाई बाहिर जान दिने निर्णय बाहिरिएसँगै त्यसको विरोध भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो।

बढ्दै पारिवारिक अन्तरघुलन, घरमा काम सघाउदै युवा

कोरोना भाइरस (कोभिड–१९)को त्रास व्याप्त छ। लकडाउनका कारणले सहर, बजार ठप्प छन्। अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीका लागि घर बाहिर बस्नेहरु यतिबेला घर आएका छन्। बन्दाबन्दी लम्बिदै जादा पारिवारीक अन्तरघुलन भने बढ्दै गएको देखिन्छ।

लकडाउनकाे सदुपयाेगः कोहि चित्र कोर्दै, कोहि अध्ययनमा व्यस्त

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताउँछिन्। उनी पनि अहिले चित्रकलाकै काममा आफूलाई केन्द्रित गरेको बताउँछिन्। अर्की चित्रकार विधाता केसीले लकडाउनको समय किताब पढ्ने र फिल्म हेरेर बिताइरहेकी छन्।

जिल्ला भित्रिने क्रम रोकिएन

सरकारले कोरोना भाइरसको संक्रमण हुुन नदिको लागि लकडाउन गरेपछि पैदलमार्गबाट जिल्ला भित्रिने क्रम रोकिएको छैन। अहिले पैदलमार्गको प्रयोग गरेर सयौँ मानिसहरु अन्य जिल्लाबाट आउजाउ गरिरहेका छन्। उनीहरु बाटोमा दुःख कष्ट बेहोरेर भएपनि जिल्ला भित्रिने गरेको स्थानीय बताउँछन्।

दैनिक उपभोग्य बस्तुका पसल खोल्ने नगरपालिकाको निर्णय

लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन यहाँको एक नगरपालिकाले सातामा एक दिन किराना पसलहरु खुला गर्ने निर्णय गरेको छ। लकडाउनको १७ औ दिन पुग्दा हिमाली जिल्ला डोल्पामा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेपछि दैनिक उपभोग्य बस्तुहरुका पसलहरु खुला गर्ने निर्णय त्रिपुरासुन्दरी नगरपालिकाले गरेको हो।

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। लगातारको लकडाउनका कारण मानिसहरु हिँडेरै काठमाडौं छाड्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो। बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरुको बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्