१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं – लकडाउनमा अलपत्र परेकालाई भोलि र पर्सी काठमाडौंबाट घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ। लकडाउनका बेला काठमाडौंमा अलपत्रलाई बाहिर जान दिने निर्णय बाहिरिएसँगै त्यसको विरोध भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । मुख्यमन्त्रीसँगै सामाजिक सञ्जालमा समेत उक्त निर्णयको व्यापक विरोध भएको थियो।

उक्त निर्णयको बचाउ गर्दै नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘लकडाउनलाई जारी राखिएको स्पष्ट पारेका छन्। साथै उनले यस किसिमको कुनै निर्णय समेत नभएको दाबी गर्दै सूचना नै जारी गरेका छन्।

प्रकाशित: २७ चैत्र २०७६ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App